मनोरञ्जन

१५ प्रतिशत कर तिरेपछि असोज ७ गतेदेखि नेपाली र हिन्दी संस्करणमा प्रदर्शन हुँदै

चलचित्र विकास बोर्डले हिन्दी संस्करणमा तयार भएको फिल्म ‘प्रेमगीत ३’ लाई विदेशी फिल्म मान्दै सेन्सरका लागि अनुमति दिएको छ।

निर्माण पक्षले विदेशी फिल्म सरह १५ प्रतिशत कर तिर्ने भएपछि फिल्मलाई सेन्सरको अनुमति दिइएको हो। यसको नेपाली संस्करण पहिला नै सेन्सर भइसकेको छ। तर हिन्दी संस्करणको आवश्यक कागज नपुगेको भन्दै सेन्सर रोकिएको थियो।


‘नेपाली फिल्मलाई पनि १५ प्रतिशत कर तिर्दा दु:ख लागिरहेको छ। तिर्न पर्ने भएपछि हामी तयार भयौं,’ वितरक मनोज राठीले भने।

फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेन र अभिनेता प्रदीप खड्काले नेपाली फिल्मलाई भाषाकै कारण विदेशी मान्यता दिन नहुने भन्दै आपत्ती जनाएका थिए।हिन्दी संस्करणको फिल्मलाई नेपाली फिल्म सरह सुविधा दिन नहुने भन्दै फिल्मकर्मीबीच विवाद भइरहेको थियो। यो फिल्मका वितरक र निर्माताले १५ प्रतिशत कर तिरेपछि मात्रै फिल्मले सेन्सर अनुमति पाएको हो।                                     

यो फिल्म असोज ७ गतेदेखि नेपाली र हिन्दी संस्करणमा प्रदर्शन हुँदैछ।                                         

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

बैतडीमा धनगढीबाट जाँदै गरेको बस दुर्घटना, १६ जना घाइते

धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुबाहक बस शुक्रबार अपराह्न बैतडीमा दुर्घटना भएको छ। सुपप्र ०१–००१ ख…

57 years ago

गोरखामा अध्ययन सुरु भएको पुरातात्विक भग्नावशेष मल्लकालीन महादेव मन्दिर भएको पुष्टि

गोरखा, असार १९ ।  गोरखा नगरपालिका–१० छेपेटारस्थित महादेवटारी क्षेत्रमा गत वर्ष फेला परेको पुरातात्विक भग्नावशेष…

57 years ago

गोरखामा कालो सिसा हटाउने अभियान : २४ सवारीसाधनबाट कालो सिसा र स्टिकर हटाइयो

गोरखा प्रहरीले सवारीसाधनमा जडान गरिएको कालो सिसा र कालो स्टिकर हटाउने अभियान सञ्चालन गर्दै २४…

57 years ago

असई थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधिसभाका पूर्वसांसद लक्ष्मी महतो…

57 years ago

दैलेख दुर्घटना : एक जनाको शव फेला, उद्धार तथा खोजी जारी

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङ्गेतडा नजिक सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कप्र ०२–००१ ख…

57 years ago

लुम्बिनीसम्म फैलियो मनसुन, आज काठमाडौंसहित विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं, असार ८ । असार ५ गते कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन आजदेखि लुम्बिनी…

57 years ago