बिदेश

बुर्किना फासोमा आक्रमण एघार सैनिकको मृत्यु, पचास सर्वसाधारण बेपत्ता

उत्तरी बुर्किना फासोमा सोमबार भएको एक आक्रमणमा परी कम्तीमा ११ जना सैनिकको मृत्यु भएको बुर्किना फासो सरकारले मङ्गलबार प्रकाशन गरेको एक विज्ञप्तिमा जनाएको छ । जिबो शहरतर्फ जाँदै गरेको एक आपूर्ति समूहलाई साहेल क्षेत्रको साउम प्रान्तको गास्किन्देको कम्युननजिक आतङ्कवादीहरूले आक्रमण गरेका थिए ।         

एघार सैनिकको मृत्यु भएको छ, २० सैनिकसहित २८ जना घाइते भएका छन् र करिब ५० जना सर्वसाधारण बेपत्ता भएका विज्ञप्तिमा जनाइएको छ । आक्रमणकारीहरूको खोजी जारी रहेको विज्ञप्तिमा भनिएको छ । बुर्किना फासोमा २०१५ यता सुरक्षा अवस्था बिग्रिएको छ । पश्चिम अफ्रिकी यस राष्ट्रमा भएका आक्रमणहरुमा एघार सय भन्दा बढी मानिसहरूको मृत्यु भएको छ । १९ लाख भन्दा बढी अन्य विस्थापित भएका छन् ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago