बुर्किना फासोमा आक्रमण एघार सैनिकको मृत्यु, पचास सर्वसाधारण बेपत्ता

बिदेश

उत्तरी बुर्किना फासोमा सोमबार भएको एक आक्रमणमा परी कम्तीमा ११ जना सैनिकको मृत्यु भएको बुर्किना फासो सरकारले मङ्गलबार प्रकाशन गरेको एक विज्ञप्तिमा जनाएको छ । जिबो शहरतर्फ जाँदै गरेको एक आपूर्ति समूहलाई साहेल क्षेत्रको साउम प्रान्तको गास्किन्देको कम्युननजिक आतङ्कवादीहरूले आक्रमण गरेका थिए ।         

एघार सैनिकको मृत्यु भएको छ, २० सैनिकसहित २८ जना घाइते भएका छन् र करिब ५० जना सर्वसाधारण बेपत्ता भएका विज्ञप्तिमा जनाइएको छ । आक्रमणकारीहरूको खोजी जारी रहेको विज्ञप्तिमा भनिएको छ । बुर्किना फासोमा २०१५ यता सुरक्षा अवस्था बिग्रिएको छ । पश्चिम अफ्रिकी यस राष्ट्रमा भएका आक्रमणहरुमा एघार सय भन्दा बढी मानिसहरूको मृत्यु भएको छ । १९ लाख भन्दा बढी अन्य विस्थापित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *