युक्रेनी सेनाले गरेको बमबारीबाट दोनेत्स्क जनगणतन्त्रमा पाँच सर्वसाधारण मारिनुको साथै १२ जना घाइते

बिदेश

‘युक्रेनी सेनाले गरेको बमबारीबाट दोनेत्स्क जनगणतन्त्रमा पाँच सर्वसाधारण मारिनुको साथै १२ जना घाइते भएका छन्’, स्थानीय अधिकारीले टेलिग्राममा पोस्ट गरेको एक विज्ञप्तिमा भनिएको छ । दोनेत्स्क पूर्वी युक्रेनस्थित दोनबास कोइला क्षेत्रमा स्व–घोषित डोनेत्स्क गणतन्त्रको वास्तविक राजधानी हो ।

सन् २०१४ देखि आंशिक रूपमा रुस समर्थक पृथकतावादीद्वारा नियन्त्रित उक्त क्षेत्र युक्रेन र रूसी सेनाहरूबीच भयंकर लडाइको विषय बन्दै आएको छ ।  ‘आज बिहानदेखि, शत्रुको ठूलो बमबारीले गणतन्त्रको राजधानीलाई निशाना बनाएको छ’, विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *