विराज त्रिपाठी
गोरखाको शहिदलखन गाउँपालिकाले नेपाल पत्रकार महासंघ गोरखाको भबन निर्माणकालागि दुई लाख रुपैयाँ सहयोग गरेको छ ।
शहिदलखन गाउँपालिकाका अध्यक्ष रमेशाबाबु थापा मगरले शुक्रवार मानव सेवा आश्रम गोरखामा आयोजित एक कार्यक्रमका बिच पत्रकार महासंघका अध्यक्ष नरहरि सापकोटालाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
पत्रकार महासंघ गोरखाले गोरखा नगरपालिका ८ आलेगाउँमा भबन निर्माण गरिरहेको छ । आर्थिक अभावका कारण भबन निर्माणको काम गत वर्षदेखि रोकिएको थियो । भबन निर्माण पुरा गर्न चालु वर्ष सबै स्थानीय तह सँग सहयोग मागिएको अध्यक्ष नरहरि सापकोटाले बताए । पत्रकार महासंघ गोरखा शाखाको भबन दोस्रो तला ठडिएको छ । अब एक तला थप र फिनिसिङको काम बाँकी छ ।
सहयोग हस्तान्तरण गर्दै शहिदलखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले सामाजिक काममा योगदान गर्नु स्थानीय सरकारको पनि दायित्व भएकाले कार्यपालिकाको सबै टिम र कर्मचारीहरु यस्ता काममा एकजुट हुने गरेको बताए । साथै उनले राम्रा काममको प्रचार प्रसार र कमजोरीलाई सुधार गर्ने गरी पत्रकारहरुले भुमिका खेलिदिएमा सहज हुने बताए । सोही क्रममा मानव सेवा आश्रमलाई दशैँ खर्च एक लाख र गोरखक्षनाथ वैद्धिक गुरुकुललाई ५० हजार नगद हस्तान्तरण गरिएको थियो ।
अहिले प्राप्त सहयोगले रोकिएको काम सुचारु हुनेछ । भबन निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराएकोमा अध्यक्ष सापकोटाले गाउँपालिकालाई धन्यवाद दिए । अहिले पत्रकार महासंघको कार्यालय जिल्ला प्रशासन कार्यालयसँगै गोरखा नगरपालिकाले उपलब्ध गराएको भबनबाट संचालन हुँदै आएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगर, वडा अध्यक्ष शरण श्रेष्ठ, गोरखा नगरपालिका ८ का अध्यक्ष ऋषि खत्री, लेखा अधिकृत सन्तोष लामिछाने लगायतको उपस्थिती रहेको थियो ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…