गोरखा । नेपाल पत्रकार महासंघ गोरखाको अध्यक्षमा नेपाल प्रेस युनियन गोरखा शाखाका सभापति नरेन्द्र ढकाल निर्वाचित भएका छन्। आइतबार सम्पन्न शाखाको सातौ अधिवेशनबाट ढकाल सर्बसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन।
ढकाल ‘गोरखा समाचार’ दैनिकका कार्यकारी सम्पादक, गोरखापत्र राष्ट्रिय दैनिकका जिल्ला संवाददाता एवं पत्रकार महासंघ गोरखाको यसअघिको कार्यकालका उपाध्यक्ष हुन्।
अधिवेशनले उपाध्यक्षमा बिकास मरहट्टा (खुल्ला), अस्मिता सिंखडा (महिला), सचिवमा सुजन न्याैपाने, कोषाध्यक्षमा गुण बहादुर रोका, सहसचिवमा दान बहादुर गुरुङ (समावेशी) र मोहसिन अलिमियाँ चयन गरेको छ।
सदस्यमा बिबर गुरुङ, संगीता चेपाङ, बिमल श्रेष्ठ, मेलिना बराम, राजेश पौडेल र सुदिप श्रेष्ठ चयन भए।
यसैगरी केन्द्रीय प्रतिनिधिमा नरहरि सापकोटा र किरण कुमार लोहनी छनौट भएका छन् ।
