पत्रकार महासंघ गोरखाको एघारौँ साधारण सभा सम्पन्न

समाचार

विराज त्रिपाठी

पत्रकार महासंघ गोरखाको एघारौँ साधारण सभा सम्पन्न भएको छ । सिरानचोक गाउँपालिका ७ आरुबोटमा एक समारोहका बीच शुक्रबार साधारणसभा सम्पन्न भएको हो ।
शाखाका अध्यक्ष नरहरि सापकोटाको अध्यक्षतामा सम्पन्न सो साधारण सभामा प्रमुख अतिथि पत्रकार महासंघ केन्द्रीय समितिकी सचिव सिर्जना अर्याल तथा महासंका गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, सिरानचोक गाउँपालिकाका उपाध्यक्ष रीता देवकोटा, त्रकार महासंघ गोरखाका संस्थापक अध्यक्ष किशोरजंग थापा, पूर्व अध्यक्ष भीमलाल श्रेष्ठ, तुलसी स्मृति प्रतिष्ठानका पुरुषोत्तम अर्याल, सिरानचोक गाउँपालिकाका वडा सदस्य राजेश गुरुङ, क्होला आरुबोट सामुदायिक होमस्टेका अध्यक्ष लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो सभाले महासंघका गोरखा शाखाका सचिव विकास मरहट्टाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष मोहसिन अलि मियाले प्रस्तुत गरेको आय, ब्याय विवरण पारित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *