Road Maintenance Importance SC
पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन खण्डको (३९ किलोमिटर) सडक स्तरोन्नति गर्नका लागि साढे ६ अर्ब रूपैयाँ अनुमानित गरिएकोमा ठेकेदार कम्पनीले ४ अर्ब ८० करोड लागतमा ठेक्का हात पारेको छ । संघीय सरकारले नागढुंगा–नौबिसे–मुलेखु–मुग्लिन सडक खण्डलाई तीन खण्डमा विभाजन गरेर सडक स्तरोन्नति गर्न लागेको हो।
नागढुंगा-नौबिसे–मलेखु–मुग्लिन सडक विस्तार अन्तर्गतको यो खण्डको स्तरोन्नति गर्न शर्मा-जेडआईसी संयुक्त उपक्रम(जेभी) ले ९ वटा कम्पनीमध्ये सबैभन्दा कम कबोल ४ अर्ब ८० करोड ५९ लाख रूपैयाँमा ठेक्का पारेको हो ।
यो सडक खण्डको प्राविधिक मूल्यांकनमा ३५ वटा कम्पनी छनोट भएका मध्ये ९ वटा कम्पनी मात्रै आर्थिक मूल्यांकनमा सहभागिता जनाएका थिए।
ठेकेदार कम्पनीले ३ वर्ष भित्रै मलेखु-मुग्लिनसम्मको सडक स्तरोन्नतिको काम सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको छ । ठेकेदार कम्पनीले तीन वर्षभित्रै दुई लेनसहितको सडक चौडा गर्ने जिम्मेवारी पाएको छ, छनोट भएको कम्पनीले सो सडक खण्ड ५ वर्षसम्म नियमित मर्मतसम्भार पनि गर्नुपर्नेछ। यो सडक खण्ड बजार क्षेत्रमा ६ लेनका सडक स्तरोन्नति गरिनेछ । त्यसैगरी अन्यन्तै साँघुरो भएको खण्डमा भने दुई लेनको विस्तार गरिनेछ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…