अपराध

नेत्रहिन संघ गोरखाका अध्यक्ष बस्नेतलाई अनुसन्धानका लागि १० दिन म्याद थप

विराज त्रिपाठी

३१ असोज, २०७९-सोमबार
नेत्रहिन संघ गोरखाका अध्यक्ष समेत रहेका गोरखा नगरपालिका ५ स्वाँराका जीवनकुमार बस्नेत (पवन) लाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा महिलाले प्रहरीमा उजुरी गरेपछि उनी १० दिनअघि पक्राउ परेका थिए । प्रहरीले थप अनुसन्धान गर्न भन्दै दोस्रो पटक म्याद थप गरेको छ ।

आईतवार १० दिनको म्याद सकिएपछि अनुसन्धानका लागि जिल्ला अदालतबाट दोस्रो पटक १० दिन म्याद थप भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।

बस्नेतले श्रमिक महिला माथि गत असार ८ गते जवरजस्ती करणीको प्रयास गरेको उजुरी महिलाले प्रहरीमा दिएकी छिन् । उक्त घटना लेनदेनमा मिलाउन प्रयास गरिएको र आफुलाई न्याय खोज्नबाट बञ्चित गराएको भन्दै ती महिलाले मुद्धा दर्ता गर्न ढिला हुन पुगेको बताएकी छिन् । तत्कालिन समयमा टोलमा, वडामा, महिला सेलमा र नगरपालिकामा पनि उनले उजुरी गरेको बताईन् ।

जवरजस्ती करणी उद्योगको घटनामा मिलापत्र गर्ने गरी छलफल चलाइएको उनको गुनासो थियो । अन्ततः महिलाले प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएकी हुन् ।

महिलासंग सम्बन्धित संवेदनशील घटना छलफल र लेनदेनमा टुङ्ग्याउन नमिल्ने हुँदा यसमा संलग्नहरुलाई पनि कानुनी कारवाही हुने प्रावधान रहेको कानूनका जानकारहरुको भनाइ छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago