गोरखा । हाडनाता करणीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
छोरी नाता पर्ने १५ वर्षीय बालिकालाई बिगत दुई महिना देखि पटक-पटक डर धम्की दिइ हाडनाता करणी गरेको आरोपमा प्रहरीले गोरखाका ३६ वर्षीय नाम परिवर्तित “०८१/०८२ ज कुमार” पुरुषलाई आइतबार पक्राउ गरेको हो ।
जबरजस्ती करणी गरेको भन्दै पीडित (नाम परिवर्तित “०८१/०८२ ञ कुमारी”) मार्फत जाहेरीको आधारमा पुष २१ गते आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
उनीविरुद्ध हाडनाता करणी कसुरमा गोरखा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई हिरासतमा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
