गोरखामा जबरजस्ती करणीको अभियोगमा १ बालक नियन्त्रणमा

समाचार

गोरखा, चैत १२ । गोरखामा जबरजस्ती करणीको अभियोगमा १ बालकलाई प्रहरीले नियन्त्रणमा लिईएको छ ।

गोरखा न.पा. वडा नं.१२ नौकिलो स्थितमा ५ बर्षकी नाबालिकालाई १२ बर्षको बालकले एक्लै खेली रहेको अवस्थामा फेला पारी जबरजस्ती करणी गरेको भन्दै नाबालिकाकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

जाहेरी पश्चात् प्रहरीले बालकलाई ९ गते शनिबार नियन्त्रणमा लिई सोमबार (१२ गते आज ) जबरजस्ती करणी कसूर शीर्षकमा जिल्ला प्रहरी कार्यालय गोरखामा मुद्दा दर्ता गरी सम्मानित गोरखा जिल्ला अदालत गोरखाबाट निगरानी कक्षमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती समेत लिई उक्त घटनाको थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रबक्ता डिएसपी रमेश कुमार श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *