सामाजिक सञ्जाल ट्विटरको नीलो टिकसहित प्रमाणित् अर्थात् ‘भेरिफाइड’ अकाउन्ट चलाउनेले अब मासिक आठ डलर तिर्नुपर्ने भएको छ । ट्विटरका नयाँ मालिक एलन मस्कले नीलो टिकसहितको प्रमाणित अकाउन्ट हुने र अबका दिनमा निलो टिक पाउनेले मासिक ८ डलरको शुल्क लगाउने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।
गएको हप्ता मात्रै ट्विटरको पूर्ण स्वामित्व लिएका मस्कले नक्कली अकाउन्टहरु नियन्त्रण गर्नका लागि यो कदम आवश्यक रहेको तर्क गर्नुभएको छ । शुल्क तिर्ने प्रयोगकर्तालाई सेवामा पनि प्राथमिकता हुने उहाँको भनाइ छ ।
मुख्य गरी शीर्ष नेताहरु, कलाकार, ब्यापारी, पत्रकारलगायतले एउटा संक्षिप्त अनलाइन फारम भरेर केही प्रक्रिया पूरा गरी नामको पछाडि नीलो टिकसहितको अकाउन्ट प्रयोग गर्दै आएका छन् । अहिलेसम्म यो सेवा निःशुल्क थियो । ट्विटरले विज्ञापनमा निर्भरता कम गर्न चाहेको पनि मस्कको दाबी छ । तर मासिक शुल्क उठाउने प्रकृया सहज र व्यावहारिक नभएको भन्दै यो कदमको आलोचना समेत भैरहेको छ ।
यसैबीच, केही प्रमुख ब्रान्डहरूले ट्विटरमा अब हुन सक्ने परिवर्तन र विज्ञापन प्लेटफर्मलाई ध्यानमा राखेर अस्थायी रुपमा विज्ञापन रोक लगाएका छन् ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…