१७ कार्तिक, २०७९ – बिहिवार
काठमाण्डौ । स्कुलबाट घर फर्किने क्रममा काठमाण्डौमा दुर्घटनामा परेका एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाण्डौ नयाँ बसपार्कका १३ वर्षका आयुषमान दाहाल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जो दिउँसो बा १ क ४६४२ नम्बरको वेस्ट मन्टेश्वरीको बसमा घर फर्किँदै गरेका दाहाल दुर्घटनामा परेका थिए ।
प्रहरीका अनुसार बसको झ्यालबाट टाउको निकालेका दाहाल सडक छेउमा रहेको रुखमा ठोक्किएका उनको टाउकोमा गम्भीर चोट लागेको थियो । दाहालको उपचारमा गएराति सवा २ बजे शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…