मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ।
मंगलबार बिहान ९ बजेसम्म प्रतनिधि सभाका १६५ क्षेत्रमध्ये १५९ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। अझै ६ क्षेत्रको मतपरिणाम आउन बाँकी छ। जसमध्ये ३ क्षेत्रको गणना हुन अझै सकेको छैन। गणना भइरहेका ३ क्षेत्रमध्ये २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ भने एकमा एमालेले अग्रता लिएको छ।
यस्तै प्रतिनिधि सभाको समानुपातिकतर्फ कुल ९५ लाख ७३ हजार ७५ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ।
एमालेले २५ लाख ८४ हजार १९२ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ५२ हजार ८३ मत प्राप्त गरेको छ। त्यसैगरी नेकपा माओवादी केन्द्रले ११ लाख ६४७ मतका साथ तेस्रो स्थानमा रहेको छ ।
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…