प्रतिनिधि सभाको समानुपातिकतर्फ ९५ लाख ७३ हजार सदर मतमा कसलाई कति ?

समाचार

मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ।

मंगलबार बिहान ९ बजेसम्म प्रतनिधि सभाका १६५ क्षेत्रमध्ये १५९ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। अझै ६ क्षेत्रको मतपरिणाम आउन बाँकी छ। जसमध्ये ३ क्षेत्रको गणना हुन अझै सकेको छैन। गणना भइरहेका ३ क्षेत्रमध्ये २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ भने एकमा एमालेले अग्रता लिएको छ।

यस्तै प्रतिनिधि सभाको समानुपातिकतर्फ कुल ९५ लाख ७३ हजार ७५ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ।

एमालेले २५ लाख ८४ हजार १९२ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ५२ हजार ८३ मत प्राप्त गरेको छ। त्यसैगरी नेकपा माओवादी केन्द्रले ११ लाख ६४७ मतका साथ तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *