Categories: समाचार

मंसिर २४ देखि पुष १ गते सम्म को राशिफल

मंसिर २४ देखि पुष १ गते सम्म मेष राशिको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

यो साता गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । विज्ञानको ज्ञानमा वृद्धि हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । साताको मध्यमा स्वास्थ्यमा असर पर्न सक्छ, त्यसैले स्वास्थ्य प्रति बढी सजगता अपनाउनु पर्नेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मंसिर २४ देखि पुष १ गते सम्म वृष राशिको राशिफल

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

यो साता रोकिएका काम सम्पादन हुने योग छ । नयाँ कार्यको योजना बन्नेछ । नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ । परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ, तर स्वास्थ्य प्रति बढी सजगता अपनाउनु पर्नेछ । यो साताका लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग निलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महासरस्वतीको दर्शन गरि कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।

मंसिर २४ देखि पुष १ गते सम्म मिथुन राशिको राशिफल

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

यो साता राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । शेयर बजारबाट बढी लाभ मिल्नेछ । शैक्षिक क्षेत्रबाट पनि सफलता मिल्ला । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । साताको उत्तरार्धबाट व्यापार व्यवसायमा बाधा आउनेछ । घर व्यवहारको समस्याले सताउनेछ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग कलेजी वा घ्यू रङ्ग हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मंसिर २४ देखि पुष १ गते सम्म कर्कट राशिको राशिफल

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

यो साता श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । मध्य साताबाट आफन्तको सहयोग र आकस्मिक धन लाभ हुनसक्छ । यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि आरम्भ गर्दा लाभ मिल्नेछ ।

मंसिर २४ देखि पुष १ गते सम्म सिंह राशिको राशिफल

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

यो साता रमणीय र सुखद् यात्राको योग छ । रोकिएका काम पुनः सुरु हुन सक्छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ, तर स्वास्थ्य मापदण्डको ख्याल गर्नु पर्नेछ । शेयर बजार अन्तर्गत बीमा क्षेत्रबाट अधिक फाइदा मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सेतो वा सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको दर्शन गरि कार्य आरम्भ गर्नाले लाभ मिल्नेछ ।

मंसिर २४ देखि पुष १ गते सम्म कन्या राशिको राशिफल

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रविधि मार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग पहेँलो वा हरियो रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि यात्रा गर्नाले सफलता मिल्नेछ ।

मंसिर २४ देखि पुष १ गते सम्म तुला राशिको राशिफल

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

यो साता ठीक समयमा सही निर्णय लिन सकिनेछ । लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । घरायसी मनोरञ्जन हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । साताको अन्त्यमा कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शन गरि गरेको कार्यबाट लाभ मिल्नेछ ।

मंसिर २४ देखि पुष १ गते सम्म वृश्चिक राशिको राशिफल

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

यो साता मनमा दुविधा उत्पन्न हुन सक्छ र काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्नेछ । मध्य साताबाट प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । आर्थिक क्षेत्र र शेयर बजारबाट राम्रै फाइदा मिल्नेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग निलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मंसिर २४ देखि पुष १ गते सम्म धनु राशिको राशिफल

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

यो साता आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ । प्रेमीले तपाईँका विचारलाई समर्थन गर्नेछन् । रोकिएका काम पुनः सुरु हुन सक्छन् । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

मंसिर २४ देखि पुष १ गते सम्म मकर राशिको राशिफल

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

यो सातामा दाजुभाइ वा नजिकका मित्रले सहयोग गर्नेछन् । सामाजिक कार्यबाट सफलता मिल्नेछ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । विद्या र बुद्धिको विकास हुनेछ, तर अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग रातो वा निलो रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको आरधना गरि कार्य गर्नाले सफलता मिल्नेछ ।

मंसिर २४ देखि पुष १ गते सम्म कुम्भ राशिको राशिफल

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

यो साता नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । कहीँकतैबाट कुनै उपहार प्राप्त होला । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने समय पनि छ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग निलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मंसिर २४ देखि पुष १ गते सम्म मीन राशिको राशिफल

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

यो साता आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ । दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ । सामाजिक तथा परोपकारजन्य

आदि काममा पनि भूमिका निर्वाह गर्न पाइनेछ । मानप्रतिष्ठा बढाउनेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग हरियो वा कालो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

बसपार्क होटलमा युवती हत्या प्रकरण: दुई पक्राउ, लुटिएको एक लाख रुपैयाँको बदलामा हत्या

काठमाडौंको नयाँ बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा साउन ३ गते मृत फेला परेकी २५ वर्षीया युवतीको…

57 years ago

बारीमा काम गर्न गएका युवक मृत फेला

गोरखा, साउन ५ । गोरखाको भीमसेन थापा गाउँपालिका–२ बगुवाका ३३ वर्षीय सागर भट्ट मृत अवस्थामा…

57 years ago

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा…

57 years ago

पर्सामा धान रोपिरहेका बेला चट्याङ पर्दा सात महिला घाइते

पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…

57 years ago

माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात यात्रु घाइते

रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…

57 years ago

८ महिनामै बनेको लुदी खोला मोटरेबल पुल उद्घाटन, मनकामना यात्रामा सहजता

गोरखा। गोरखाको स्याउली बजार–भट्टफाँट–मनकामना सडक अन्तर्गत निर्माण सम्पन्न भएको लुदी खोला मोटरेबल पुल उद्घाटन गरिएको…

57 years ago