असार २५ देखि ३२ गते सम्म को राशिफल

समाचार

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

यो सातामा शुभकार्यको चर्चा चल्नेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ । वैदेशिक काममा सफलता मिल्नेछ । आस्था बढेर जानेछ । सामाजिक र राजनैतिक चिन्तन बढ्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । व्यापार व्यवसायमा लाभ हुनेछ । सवारी साधन खरिद गर्ने योजना बन्नेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग पर्पल वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।


मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

यो साता गरेको काममा प्रशंसा, बढुवा वा उन्नतिको प्रयास सफल हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कृषि कार्यमा सफलता मिल्नेछ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । प्रणयसम्बन्ध प्रगाढ समेत हुने समय छ । यो साताका लागि शुभ अङ्क १,३ र शुभ रङ्ग कालो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गर्नाले अधुरा कामबाट सफलता हात पर्नेछ


वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

यो साताबाट सामाजिक कार्यमा सफलता मिल्नेछ । मित्र वा आफन्तको सहयोग मिल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । साताको अन्त्यमा मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग घ्यू रङ्ग वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।


कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

यो साता धार्मिक तथा लाभदायक यात्राहरू हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्था र शेयरबाजारबाट राम्रै सफता मिल्न सक्छ । मङ्गल कार्यको योग छ र सन्तान सुख पनि मिल्नेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । खानपिनमा विचार पनि पुर्याउनु पर्छ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग ध्वाँसे वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।


सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

यो साता कार्य सम्पादनमा सहजता मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । रमणीय र सुखद् यात्राको योग छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्नेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु लक्ष्मीजीको स्मरण गर्दा राम्रो हुनेछ ।


कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

यो साता रमाइलो यात्राको योग रहेको छ । दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ । विलासी बस्तुको प्रयोग गर्न पाइनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । साताको अन्त्यमा अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरि यात्रा गर्नाले राम्रो हुनेछ ।


तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

यो साता आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग गुलाबी वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिव भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।


वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

यो साता समयमा होस नपुग्नाले काम रोकिन सक्छ । कसैले झुटो आश्वासन दिन सक्छन् । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । बुधवारबाट घरमा अतिथिको आगमन हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिन सकिनेछ । यो साताका लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग सिन्दुरे वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।


धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

यो हप्ता मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । परोपकारका क्षेत्रमा लगानीको समय छ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्छ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग गुलाबी वा कलेजी हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।


मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

यो साता प्राविधिक र जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन् । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।


कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

यो साता शेयर बजारबाट राम्रो सफलता मिल्ला । अध्ययन अध्यापन सफल रहनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ र प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । यो साताका लागि शुभ अङ्क १, ७ र शुभ रङ्ग गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।


मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

यो सातामा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । मध्य साताबाट रमणीय र सुखद् यात्राको योग छ । पुँजी बजारमा गरेको लगानीले सफलता मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आफन्तले सहयोग गर्नेछन् । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *