मकवानपुर । मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका १६ मा १२ बर्षिय बालकको शव फेला परेको छ । हात बांधिएको शव झुन्डिएको अवस्थामा भेटिएपछि प्रहरीले २ जनालाई हत्या आशंकामा नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार १२ वर्षीया बालकको आत्महत्या नभई हत्या भएको हुनसक्ने आशंकामा अनुसन्धान अगाडि बढाएको छ । घटना हेटौँडा–१६, स्थित हटिया नजिक बाबेडाँडाको हो । मुस्कान भनिने सुजन थिङ स्थानीय सामुदायिक वनभित्र रुखमा हात बाँधिएको अवस्थामा झुण्डिएको फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताउनु भयो ।
बालकको हत्या भएको आशंकामा प्रहरीले सोधपुछका लागि स्थानीय दुई जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूको नाम भने प्रहरीले खुलाएको छैन । डीएसपी कार्कीले दुई जनालाई हिरासतमा राखेर सोधपुछ भइरहेको जानकारी दिनुभयो ।
‘बालक झुण्डिको अवस्थामा फेला परेको हो, पोष्टमार्टम रिपोर्टपछि थप विषय खुल्छ” कार्कीले भन्नुभयो । बालकको घरबाट करिब २ सय मिटरको दुरीमा रहेको सामुदायिक वनको रुखमा कपडाको डोरीको पासो लगाई बालक झुण्डिएको खबर स्थानीयले प्रहरीलाई गराएका थिए । खबर आउना साथ प्रहरी घटना स्थल पुगेको कार्कीले बताए । बालकको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको छ ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…