विराज त्रिपाठी
२०७९ असार ३०, बिहिवार । गोरखा सदरमुकाम स्थित खोलखोले बाट नगरपालिकाको कार्यालय जाने बाटोमा एक युवक मृत अवस्थामा फेला परेको छ।
गोरखा नगरपालिका –८ आलेगाऊका २१ वर्षका अनिश आलेमगरको शव विहिबार बिहान फेला परेको प्रहरीले जनाएको छ । नगरपालिका स्थित खोलखोलेमा सडकको नालीमा युवकको शव भेटिएको एसपी केदार खनालले बताए ।

आलेको हत्या भएको आशंका गरिएको छ ।
घटनाको अनुसन्धानका लागि केहीलाई नियन्त्रणमा लिएको र पोस्टमार्टम को लागि शव लगिएको उनले बताए । सिसिटिभी फुटेज लगायतलाई आधार मानेर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
