समाचार

करिब ११ लाखकाे मदिरा र गाडी प्रहरी नियन्त्रणमा

रौतहट । पुष ११ । सशस्त्र प्रहरीले नेपालबाट अवैध तरिकाले भारत तर्फ लागिरहेको अवस्थामा मदिरा सहित गाडी बरामद गरेको छ ।
रौतहट जिल्लाको राजदेवी नगरपालिबाट नेपालबाट भारत तर्फ अवैध तरिकाले लागिरहेको अवस्थामा १ सय १८ कार्टुन सोफी मदिरा सशस्त्र प्रहरीले बरामद गरेको जनाईएकाे छ ।

राजदेवी नगरपालि वडा नम्बर ८ स्थित बोर्डर आउट पोष्टबाट सहायक प्रहरी निरीक्षक उमेश ढकाल र प्रहरी चौकि बेलबिछवाबाट प्रहरी साहायक निरीक्षक किशोर ठाकुरको कमाण्डमा खटेको ७ जनाको संयूक्त टोलीले चेक प्वाईन्ट थापी चेक जाँच गर्ने क्रममा बोलेरो गाडीमा राखेर नेपालबाट भारत तर्फ अवैध तरिकाले लागिरहेको अवस्थामा उक्त मदिरा बरामद गरेको हो ।
नेपालबाट भारत तर्फ गइरहेको वीआर २९ एस ९४०४ नम्बरको भारतीय नम्बरको बोलेरो गाडीलाई रोकेर चेकजाँच गर्दा गाडीबाट १ सय १८ कार्टुन सोफी मदिरा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । गाडीमा सवार व्यक्तिहरु भने फरार भएको प्रहरीको भनाई छ ।
नियन्त्रणमा लिएको गाडीको र मदिराको १० लाख ९६ हजार रुपैयाँ अनुमानित मूल्याङ्कन गरेर थप अनुसन्धानका लागि प्रहरीले गौर भन्सार कार्यालयलाई बुझाइएको जनाएकाे छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago