आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

समाचार

गोरखा।
गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षक अनिल श्रेष्ठको कमाण्डमा खटिएको ५ जनाको टोलीले गस्ती गर्ने क्रममा शनिबार साँझ सल्लाका हाँगाले छोपेर राखिएको अवस्थामा ती बन्दुक फेला पारेको हो।

प्रहरीका अनुसार बरामद भएका ५ थान एकनाले भरुवा बन्दुकमध्ये एउटा भाँचिएको र चारवटा खिया लागेको अवस्थामा रहेका छन्। बन्दुकहरू बेवारिसे अवस्थामा फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय आरुघाटले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *