Categories: समाचार

गाेरखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी घुमघाममा, शिक्षकले तलब ३ महिनादेखि पाएनन्

गोरखा नगरपालिका शिक्षकले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । खातामा पैसा नभएको भन्दै नगरपालिकाले कात्तिकदेखि तलब नदिएको भनीए पनि गाेरखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु घुमघाममाको क्रममा रहेको स्रोत ले जनाएको छ । स्रोतका अनुसार पुस मसान्तमा तलब हाल्न छाडेर नगरपालिकाकाे टाेलि शुक्रबार भरतताल घुम्न गएको जनाएको छ ।

नगरभित्रका ४९ विद्यालयका तीन सय ७० जना शिक्षकले कात्तिक, मंसिर र पुस महिनाको तलब नगरपालिकाबाट पाएको छैन। खबरहरुमा गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञाननाथ ढकालले नगरपालिकाको खातामा पैसा नहुँदा समस्या भएको देखाए पनि ३ महिना सम्म कसरी खातामा पैसा हुदैन आम जनताहरुले सोच्न सकिन्छ ।

नगरपालिकालाई शिक्षकहरुलाई तलब खुवाउन मासिक करिब एक करोड ७० लाख रुपैयाँ आवस्यक पर्छ । प्रधानाध्यापकहरुले नगरपालिकाको शिक्षा शाखाका तलब नआएको बारे बारम्बार गुनासो गरेपनि तलब हाल्ने सम्बन्धित निकायको भने अत्तोपत्तो छैन। बाहिर जुन सुकै खबरले झुक्काउन खोजे पनि तलब हाल्न नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधीहरु लाई चासो नभएको देखिन्छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago