विराज त्रिपाठी
२०७९ असार ३, शुक्रवार
पर्यटन प्रबर्द्धनका लागी आज गोरखाको मनकामनाका सात दिदीबहिनीमध्ये एक इच्छाकामनाको इतिहास
चितवन जिल्लाको उत्तरी पहाडी भागमा फिस्लिङ बजारभन्दा माथि डाँडामा इच्छाकामना देवीको सुन्दर मन्दिर छ । यो मन्दिर गोरखाको कफेक डाँडामा पर्ने मनकामनाको सीधा दक्षिणतिर पर्दछ । मनकामना र इच्छाकामना दुइटै मन्दिर आमुन्नेसामुन्ने डाँडामा छन् । भक्तहरूको इच्छा पूरा गर्ने मानिएकाले यी देवीलाई इच्छाकामना भनिएको हो । गोरखाका मनकामना र गोरखकाली तथा तनहुँकी छिम्केश्वरीलाई दिदीबहिनी मान्ने चलन छ । इच्छाकामनालाई पनि किंवदन्तीहरूमा मनकामनाकी बहिनी भनिएको छ । किंवदन्ती अनुसार, एक पटक मनकामना र इच्छाकामनाबीच को ठूलो हो भन्ने विषयमा झगडा परेछ । इच्छाकामनाले मनकामनालाई उनको मन्दिरमा सुँगुर पनि बलि चढाइयोस् भन्ने श्राप दिइछन् । मनकामनाले पनि इच्छाकामनालाई उनको मन्दिरमा कुनै पनि भक्तहरू नपुगून् भन्ने श्राप दिइछन् । भएको पनि त्यस्तै देखिन्छ । मनकामनामा दिनहुँजसो भक्तहरूको भीड लाग्दछ भने इच्छाकामनामा विरलै मात्र भक्तहरू पुग्दछन् । कहिलेबाट यहाँ इच्छाकामना देवीको पूजा गर्न थालिएको हो यकिन नभए पनि धेरै वर्षअघि इच्छाकामना देवीको पूजा गाईबाख्रा हराउन थालेपछि गोठालाले भेटेको मूर्तिमा पूजा गर्न शुरु गरे पस्चात गाईबाख्रा हराउन छाडेपछी अन्य गाउँलेले पनि पूजाआजाको शुरुआत गरेको मानिन्छ ।
गोरखाको दक्षिणी सिमानाको किल्ला मनकामना थियो भने इच्छाकामना मकवानपुरको उत्तरी किल्ला थियो । तसर्थ इच्छाकामनाको स्थापना पनि मकवानपुरे सेनहरूले उत्तरी किल्लाका रूपमा रहेको पहाडको टुप्पामा गराएका हुन् । सम्भवतः पाल्पाली राजा मुकुन्द सेनले यी देवीकोहरेक वर्ष ठूलो पञ्चमीको अवसरमा लाग्ने मेला प्रतिष्ठापन गराएको हुन सक्छ । इच्छाकामनाको मन्दिर तले शैलीको सामान्य दुई वटा छानायुक्त छ ।
तीर्थाटनमा पुग्ने पर्यटकहरुको इच्छा पूरा गरिदिने भएकोले इच्छाकामना भनिएको हो ।
हरियो वन क्षेत्रले घेरिएको यो मन्दिर समुन्द्र सतहबाट १ हजार ८ सय मिटरको उचाइमा अवस्थित छ । त्याहा हरेक वर्ष ठूलो पञ्चमीको अवसरमा मेला लाग्ने गर्दछ । गाउँपालिकाले मेलाको दिन सार्वजनिक बिदासमेत दिन थालेको छ ।
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…