अपराध

बलात्कारकाे आराेप लागेका पल शाहले जिल्ला अदालत तनहुँबाट पाए सफाइ

बालिका बलात्कारकाे आराेप लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ ।

आज मङ्गलवार न्यायाधीश काेमप्रसाद आचार्यकाे एकल इजलासले बलात्कारकाे आराेपमा दाबी नपुगकाे भन्दै शाहलाई सफाइ दिएको हो ।

जिल्ला अदालत तनहुँबाट सफाइ पाए पनि शाह तत्काल रिहा भने हुने छैनन् । उनीमाथि जिल्ला अदालत नवलपुरले बालयौन दुरुपयोगसम्बन्धी अभियोगमा गएकाे भनाै २१ गते दुई वर्ष छ महिना कैद र २५ हजार रुपैयाँ जरिबानाबापातकाे फैसला सुनाएकाे थियाे । साथै पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला भएकाे थियाे । त्याे सजाय काटेपछि मात्र उनी रिहा हुनेछन् । नवलपुर अदालतको फैसलाविरुद्ध शाहले गएकाे कात्तिक २५ गते उच्च अदालत पोखरामा पुनरावेदन दिइसकेका छन् ।

गएकाे फागुन ११ गते बालिकाका बुबाले पलविरुद्ध तनहुँ र नवलपुर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकाेमा पलले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago