गोरखामा चेक अनादार मुद्दाका फरार दुई महिलालाई पक्राउ

अपराध

गोरखामा चेक अनादार मुद्दाका फरार अभियुक्त दुई महिलालाई पक्राउ गरिएको छ ।

गोरखा जिल्ला अदालतबाट चेक अनादार मुद्दामा २ बर्ष कैद र जरिवाना तोकिएको फरार रहेका अभियुक्तहरु पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय गोरखा बाट फैसला कार्यान्वयन बिशेष टोली गठन गरी परिचालन गरि फरार रहेका दुई महिलालाई पक्राउ गरिएको छ ।

जिल्ला स्याङ्जा गल्याङ नगरपालिका वडा नं.५ बस्ने बर्ष ४२ की कल्पना सुवाल श्रेष्ठलाई मिति २०७९।११।३० गते र सोही स्थानमा बस्ने बर्ष ४१ की माया क्षेत्रीलाई बुधबार पक्राउ गरी कैद असूल उपरको लागि जिल्ला अदालत गोरखामा पठाईएको र सोही अदालतको आदेशमा कल्पना सुवाल श्रेष्ठ र माया क्षेत्रीलाई कैद भुक्तानको लागि कारागार कार्यालय गोरखामा पठाईएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्र.ना.उ. लिलाराज लामिछानेले जानकारी दिनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *