खेलकुद

गोरखा जिल्लामा नै सर्बाधिक राशीको पुरस्कार रहने गोरखकाली कप–२०७९ फागुन ७ गते देखि सुरु

९ माघ २०७९

गोरखा गोरखा जिल्लामा नै सर्बाधिक राशीको पुरस्कार रहने गोरखकाली कप–२०७९ फुटबल प्रतियोगिता हरमटारी क्लबको आयोजनामा मिति २०७९ फागुन ७ गते देखि १४ गते सम्म नियमित विहान ७ बजे देखि विहान ११ बजे सम्म र दिउसो १ बजे देखि साँझ ५ बजे सम्म हुने भएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगद पुरस्कार सहित मेडल र प्रमाण–पत्र, द्धित्तिय हुनेलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार सहित मेडल र प्रमाण–पत्र दिइने र सेमिफाईनमा पुग्न सफल हुने २ टिमलाई ५०/५० हजार नगद पुरस्कार सहित मेडल र प्रमाण–पत्र दिइने साथै प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडीलाई नगद पुरस्कार १५ हजार, सर्बोत्कृष्ट अग्रपक्तिलाई ७ हजार ५ सय, सर्बोत्कृष्ट मध्यपत्तिलाई ७ हजार ५ सय, सर्बोत्कृष्ट रक्षकलाई ७ हजार ५ सय, सर्बोत्कृष्ट गालरक्षकलाई ७ हजार ५ सय र सर्बोत्कृष्ट गोलकर्तालाई ७ हजार ५ सय दिईने आयोजकले जनाएको छ । आयोजक अनुसार प्रतियोगितामा कुल २५ लाख ५५ हजार ८ सय ३३ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

गोरखा सदरमुकाममा रहेको होटल भिजनमा पत्रकार सम्मेलन गर्दै विगतको बर्षहरुमा सिकेका सिकाईहरुलाई आत्मसाथ गरि खेलकुदको माध्यमबाट खेलक्षेत्रमा क्रियाशिल खेलाडिहरु लाई खेलकुदको क्षेत्रमा आत्मनिर्भर खेलाडी तयार गरि गोरखालीको अभियान गोरखाली रनिङ्ग कप फुटबल २०७९ हाम्रो अभियान भन्ने नाराको साथ जिल्ला भित्र राष्ट्रिय तथा क्षेत्रीय क्लबको खेलाडीहरुलाई सहभागी गराई गोरखा जिल्लामा रहेका खेलकुदकर्मीहरु लाई खेलकुदको माध्यमबाट व्यवसायिक खेलाडी तयार गर्ने र खेलकुदको माध्यमबाट मनोरञ्जन प्रदान गर्ने तथा क्षमताबान खेलाडी तयार गर्न परियोजना तयार पारिएको क्लबका अध्यक्ष जिवन गुरुङले जानकारी दिनुभयो ।

राष्ट्रिय स्तरका विभिन्न क्लबहरु साथै गोरखाका स्थानीय क्लबहरु सहभागीता रहने उक्त सातौ गोरखकाली रनिङ्ग कप २०७९ गोरखा सदरमुकाम स्थित गोरखा खेलकुद मैदान, हरमटारी गोरखामा सञ्चालन हुनेछ साथै फुटबल प्रेमीहरुका लागि प्रतियोगिता हेर्न २० रुपैयाँ प्रबेश शल्क लिने आयोजकले जनाइएको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान भर्न फ्लाई दुबई इच्छुक, ६ घण्टा लामो प्राविधिक निरीक्षण

पोखरा, २० जेठ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने तयारीले नयाँ…

56 years ago

३०० बालबालिकालाई शैक्षिक सामग्री, १४ जनालाई नगद सहयोग

गोरखा। गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा पद्धति विकास सेवा केन्द्र, गोरखाको साझेदारीमा सञ्चालित एकीकृत…

56 years ago

प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्ष उद्घाटन, स्वास्थ्य सामग्री हस्तान्तरण

गोरखा। प्रदेश अस्पताल गोरखा र गोरखा नगरपालिकाको संयुक्त आयोजनामा प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्षको…

56 years ago

प्रेमकुमार खत्रीको पहलमा गोरखामा स्वास्थ्य सेवा विस्तार

गोरखा । गोरखाका दुई स्वास्थ्य संस्थामा आधुनिक स्वास्थ्य परीक्षण सेवा विस्तारका लागि करिब ८० लाख…

56 years ago

चौथो राइजिङ स्टार कपको उपाधि द मन्सटर फेमिलीलाई

गोरखा । गोरखा नगरपालिका–१२ को १० किलोस्थित अढाईगाउँ खेलमैदानमा सम्पन्न चौथो राइजिङ स्टार कप फुटबल…

56 years ago

घाटु नाचले गोरखा गुञ्जायमान, संरक्षणमा चुनौती

गोरखा । गोरखाका मगर र गुरुङ समुदायमा प्रचलित ऐतिहासिक घाटु नाच यतिबेला गाउँबस्तीमा पुनः जीवन्त…

56 years ago