
विराज त्रिपाठी
नेपालको उत्पति देखि जगसम्म (From the Point of Origin to the Foundation of Nepal) को अवधारणामा २०७९ भाद्र २५ गते शनिबारको दिन लिगलिगकोट–सिरानचोक–गोरखा दरबार खुल्ला म्याराथुन दौड संचालन गर्न लागिएको र उक्त म्याराथुन दौडले खेलकुदको माध्यमबाट इतिहास र परम्पराको संबद्र्धन तथा प्रबद्र्धनमा टेवा पुग्ने मूल आयोजक समारोह समितिले जनाएको छ ।
विहीबार पत्रकार सम्मेलन गर्दै आयोजक, संयोजक तथा व्यवस्थापक समितिले राष्ट्रिय एकीकरण वीर गोर्खालीहरुले देखाएको अदम्य शाहस र चरित्रलाई प्रकाश पार्न म्याराथुन प्रतियोगिताले थप मद्दत पुग्ने जनाएको छ । साथै प्रतियोगितामा नेपाल भरीका इच्छुक व्यक्तिहरुले भाग लिन पाउने समेत समितिले जानकारी दिएको छ ।
म्याराथुन दौडको रुट परिचय
जम्मा दुरीः ४० कि.मी.
सुरु हुने स्थानः पालुङ्गटार नगरपालिका–२, लिगलिगकोट
टर्निङ्ग प्वाइन्टः सिरानचोक गाउँपालिका–५, चित्रेपोखरी
अन्तिम स्थानः गोरखा नगरपालिका–६, गोरखा दरबार

पुरस्कार
प्रथमः नगद रु.१,५०,००० (मेडल र प्रमाण–पत्र)
द्धितियः नगद रु.१,००,००० (मेडल र प्रमाण–पत्र)
तृतियः नगद रु.७५,००० (मेडल र प्रमाण–पत्र)
चौथोः नगद रु.५०,००० (मेडल र प्रमाण–पत्र)
पाँचौः नगद रु.३५,००० (मेडल र प्रमाण–पत्र)
छैटौः नगद रु.३०,००० (मेडल र प्रमाण–पत्र)
सातौः नगद रु.२५,००० (मेडल र प्रमाण–पत्र)
आठौः नगद रु.२०,००० (मेडल र प्रमाण–पत्र)
नवौः नगद रु.१५,००० (मेडल र प्रमाण–पत्र)
दशौः नगद रु.१०,००० (मेडल र प्रमाण–पत्र)
म्याराथुन दौड प्रतियोगिताको लागि कार्यक्रम तालिका
१. दरखास्त आवेदन खुल्ला इलष्लिभ(Online-QR Code Scan, नेपाली सेनाका युनिट, सम्बन्धित पालिकाहरु ) – २०७९ भाद्र १ गते देखि
२. दरखास्त आवेदन बन्द – २०७९ भाद्र २० गते
३. सहभागी खेलाडीहरु लिगलिगकोट आइपुग्ने समय – २०७९ भाद्र २५ गते ५ बजे
४.दौड सञ्चालन हुने मिति र समय (लिगलिगकोट) – २०७९ भाद्र २५ गतेको ६ बजे
५. समापन तथा पुरस्कार वितरण कार्यक्रम (गोरखा दरबार) – २०७९ भाद्र २५ गतेको ११ः३० बजे

सम्पर्क कार्यालय तथा व्यक्तिहरु
१. श्री रिपुमर्दन गण – ९८६३०२९१६६
२. सेनानी श्री प्रदिप तामाङ्ग – ९८६२९४३१९४
३. पालुङ्गटार नगरपालिका, ले.अ. श्री सुवन शर्मा – ९८५१२१७२१९
४. उप–सेनानी आनन्द कुमार खवास – ९८४९२०६१०४
५. गोरखा न.पा., वातावरण अधिकृत श्री धु्रब प्र. घिमिरे – ९८४१४७४२०७
६. सिरानचोक गा.पा., स.पाचौ श्री कमल कान्त शर्मा – ९८४६०६६२५६
दौडमा सहभागी हुन चाहनेहरुले अनलाइन फारम भर्न सक्ने छन् । नेपाली सेनाको रिपुमर्दन गण, सिरानचोक गाउँपालिका, गोरखा र पालुङटार नगरपालिकाले संयुक्त रुपमा प्रतियोगिता गर्न लागेका हुन् । प्रतियोगिता गर्न करिव १५ लाख लाग्ने अनुमान गरिएको छ ।
२०७६ सालबाट जिल्लामा उक्त दौड प्रतियोगिता सुरु भएको थियो । वर्षेनि प्रतियोगिता गर्ने भनिए पनि कोभिडका कारण दुई बर्ष गर्न नसकिएको आयोजकले जनाएको छ । यसबर्षबाट दौड प्रतियोगिताले निरन्तरता पाउने बताइएको छ ।

