आर्थिक

‘भ्रष्टाचार शुन्य नगर’ अभियानमा मेयर शाहको ‘एक्सन’: ४० कर्मचारीको सम्पत्ति छानबिन गर्ने तयारी

माघ १८ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले कर्मचारीहरुको सम्पत्ति छानबिन गर्ने भएका छन् । महानगरपालिकामा अनियमितता र भ्रष्टाचारको गुनासो आउने क्रम नरोकिएपछि मेयर शाहले केही कर्मचारीको सम्पत्ति छानबिन गर्ने भएका हुन् ।

मेयर शाह निकट स्रोतका अनुसार उनले महानगरपालिकामा कार्यरत ४० जना कर्मचारीको सम्पत्ति छानबिन गर्न लागेका हुन् । ‘उहाँले पहिले नै सेवाग्राहीको काम चुस्त र दुरुस्त रुपमा सम्पादन गर्न मातहतका कर्मचारीलाई निर्देशन दिईसक्नुभएको थियो, कहिलकाहीँ फ्याटफुट गुनासो आई नै रहन्थ्यो’, स्रोतले भन्यो, ‘अहिले दिनहुँजसो विभिन्न बाहनामा कर्मचारीले सेवाग्राहीको काममा ढिलासुस्ती गर्ने र दुःख दिने क्रम बढेसँगै छानबिन गर्ने तयारी गरिएको हो ।’

स्रोतका अनुसार मेयर शाहले छानबिनका लागि हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल प्रहरीसँग समन्वय गरिरहेका छन् । हाल महानगरपालिकामा महाशाखा प्रमुख, विभागीय प्रमुख, शाखा प्रमुख, वडा सचिव र नगरप्रहरी गरी कुल २१ सय कर्मचारी छन् ।

निर्वाचित भएसँगै काठमाडौं महानगरपालिकालाई भ्रष्टाचाररहित बनाउने अभियानमा अग्रसर रहेको मेयर शाहले अघिल्लो सातादेखि वडा नम्बर ५ मा डिजिटल विधिबाट राजस्व तिर्ने कामको थलानी गर्दै सेवा विस्तार गरिरहेका छन् । छानबिनको सुचीमा परेका कर्मचारीहरुको सम्पत्ति र बैंकिङ ट्रान्जेक्सन हेरेपछि थप कार्वाहीका लागि अख्तियार र सतर्कता केन्द्रलाई सूचना पठाउने मेयरको सचिवालयले जनाएको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago