Categories: समाचार

डोटीमा जीप दुर्घटना २ जनाको मृत्युु, ६ घाइते

डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्युु भएको छ भने ६ जना घाइते भएका छन् । दिपायल बाट के.आई.सिंह गाउँपालिकाको घाटलाया जाँदै गरेको सु.प.प्र ०१२३००१ च ३३२९ नम्बरको जिप लोलीमा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक लक्ष्मीराज जोशीका अनुसार मृत्यु हुनेमा के.आई.सिंह गाउँपालिका १ का जिप चालक ३६ वर्षिय गोविन्द शाहि र के.आई.सिंह गाउँपालिका २ जारिमभाडीका ४१ वर्षिय धन बहादुर तिरुवा रहेका छन् । घाइते हुनेमा के.आइ.सिंह गाउँपालिका १ डुम्राकोटका २७ वर्षिय तेज तिरुवा, उनीकि २६ वर्षिया श्रीमती राधा तिरुवा, उनकै ४ वर्षिय छोरा समिर तिरुबा, जारिमभाडिका २४ वर्षिय सुरज तिरुवा, २३ वर्षिय लक्ष्मी तिरुवा र १९ वर्षिय मिन लुहार रहेका छन् । घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था समान्य छ । प्रहरीका अनुसार गम्भीर घाईते तेज तिरुवा र राधा तिरुवालाइ उपचारका लागि राजपुर स्थित सुजङ्ग अस्पतालमा ल्याइएको छ भने अन्य घाइते सामान्य उपचारपछि घर फर्किएका छन् । शुक्रबार राति साढे ११ बजे दुर्घटना भएको जिप सडक खण्ड बाट अन्दाजी ६० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago