गोरखामा धन्सार भत्किदा एकको मृत्यु तीन जना गम्भीर घाइते

समाचार

गोरखामा आफ्नै धन्सार भत्किएर पुरिँदा एक महिलाको मृत्यू भएको छ भने तीन जना गम्भीर घाइते भएका छन ।

आज (मंगलबार) करिब ९ बजे गण्डकी गाउँपालिका-४ पाटापाटीमा उक्त घटना घटेको हो । घटनामा परि ४१ बर्षीया मीना बरामको घटना स्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोही धन्सारले चेपेर मृतक मीना बरामका श्रीमान जंगबहादुर बराम र २१ वर्षिय छोरा सुजन बराम सामान्य घाइते भएका छन् भने ३५ वर्षिय छिमेकी रामकृष्ण बराम गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौँ पठाइएको डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *