सामाजिक

शाक्ति मा.वि र महेन्द्रमा रामकृष्ण स्मृति अक्षयकोष २०७९ स्थापना

गोरखा । सदरमुकामका २ स्कुलमा रामकृष्ण स्मृति अक्षयकोष २०७९ स्थापना भएको छ । अक्षयकोषका संरक्षक समितिले आइतबार पत्रकार सम्मेलन गर्दै कुल ३ लाख ८९ हजार ९ सय ४१.७४ अक्षय कोष स्थापना भएको जानकारी दिएको हो ।

मृगौला रोगका कारण गोरखा नगरपालिका वडा नं. ६ पँदेली का निबासी रामकृष्ण श्रेष्ठको गत भदौमा बेलयातमा मृत्यु भएको थियो । श्रेष्ठको उपचारमा बराह देखि पदेली सम्मका १७ जना गोरखालीले कुल २४५१ पाउण्ड सहयोग गरेको थियो ।

श्रेष्ठले कक्षा ६ सम्म महेन्द्र ज्योति मा.वि मा पढेको र पछि ७ देखि १० सम्म शाक्ति मा.वि अध्यनन गरेका थिए । उनको उपचारको लागि भनेर उठाएको रकमले मृत्यु उसले अध्ययन गरेको २ स्कुलमा छात्रवृति कोष स्थापना गर्ने निर्णय भएको विद्यालयका पूर्व शिक्षक तथा समन्वय कर्ता रामचन्द्र आचार्यले जानकारी दिनुभयो।

तोपप्रसाद श्रेष्ठको संरक्षणमा स्थापना भएको उक्त अक्षय कोषमा दुई विद्यालयमा १ लाख ८४ हजार ९८७ रकमको अक्षयकोष स्थापना भएको हो । उक्त रकमबाट प्रत्येक वर्ष ३ जना विद्यार्थीहरुले छात्रवृति प्रदान गरिने आचार्यले बताउनुभयो । ‘गरीब, जेहेन्दार विद्यार्थीहरुले पाउछन्’,उहाले भन्नु भयो ,‘शिक्षकहरुले छनोट गर्नुहुन्छ ।’ छात्रबृति पाउनेहरु निरन्तर रुपमा पास नभएका अर्को वर्ष नपाउने उहाको भनाई छ । कक्षा ६ देखि १० सम्म पढ्ने २ जनाले जनही रु ४/४ हजार र कक्षा ११ देखि १२ सम्म पढ्ने १ जनौले रु १० हजार पाउने जानकारी दिनुभयो ।

कोषमा बिनय बानियाँले १०० पाउण्ड, दिनेश भण्डारीले १०० पाउण्ड, भगबन श्रेष्ठले ५०० पाउण्ड, सचिन श्रेष्ठले १०० पाउण्ड, संगीत श्रेष्ठले १०० पाउण्ड, सम्झाना श्रेष्ठ लामाले ५०० पाउण्ड, सुशिल प्रजापतिले ५०० पाउण्ड सहयोग गर्नुभएको हो।

यस्तै रामबाबु श्रेष्ठले १०० पाउण्ड, निपेश श्रेष्ठले १०० पाउण्ड, निर्मल श्रेष्ठले १०० पाउण्ड, राम मस्केले १०० पाउण्ड, रामलाल श्रेष्ठले १०० पाउण्ड, सुजन श्रेष्ठले १०० पाउण्ड, गंगा कर्णजीत श्रेष्ठले ५१ पाउण्ड, उत्तम श्रेष्ठले १०० पाउण्ड, ज्योति श्रेष्ठले १०० पाउण्ड र गनु प्रधानले १०० पाउण्ड सहयोग गरेको छात्रबृतिका समन्वयकर्ता आचार्यले जानकारी दिनुभयो ।

आइतबार चेक हस्तान्तरण कार्यक्रममा अक्षयकोषका समन्वयकर्ता रामचन्द्र आचार्य शाक्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शाक्ति मा.वि का प्रधानाध्यापक बद्री अर्याल, उक्त विद्यालय व्यवस्थापन समितिका सदस्य बिजय ज्ञवाली कोषका संरक्षक तोपबहादुर श्रेष्ठ, महेन्द्र मा.वि का विद्यालय व्यस्थापन समितिका अध्यक्ष सोमबहादुर अछामी, महेन्द्र मा.वि का प्रधानाध्यापक नन्दकुमार श्रेष्ठ, पत्रकारहरुको उपस्थिती रहेको थियो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

नागेपोखरी संरक्षण र पर्यापर्यटन प्रवर्द्धनका लागि दुई दिने पदयात्रा सम्पन्न

गोरखा । डिभिजन वन कार्यालय, गोरखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सिमसार संरक्षण तथा व्यवस्थापन योजनाअनुसार अजिरकोट…

56 years ago

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान भर्न फ्लाई दुबई इच्छुक, ६ घण्टा लामो प्राविधिक निरीक्षण

पोखरा, २० जेठ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने तयारीले नयाँ…

56 years ago

३०० बालबालिकालाई शैक्षिक सामग्री, १४ जनालाई नगद सहयोग

गोरखा। गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा पद्धति विकास सेवा केन्द्र, गोरखाको साझेदारीमा सञ्चालित एकीकृत…

56 years ago

प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्ष उद्घाटन, स्वास्थ्य सामग्री हस्तान्तरण

गोरखा। प्रदेश अस्पताल गोरखा र गोरखा नगरपालिकाको संयुक्त आयोजनामा प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्षको…

56 years ago

प्रेमकुमार खत्रीको पहलमा गोरखामा स्वास्थ्य सेवा विस्तार

गोरखा । गोरखाका दुई स्वास्थ्य संस्थामा आधुनिक स्वास्थ्य परीक्षण सेवा विस्तारका लागि करिब ८० लाख…

56 years ago

चौथो राइजिङ स्टार कपको उपाधि द मन्सटर फेमिलीलाई

गोरखा । गोरखा नगरपालिका–१२ को १० किलोस्थित अढाईगाउँ खेलमैदानमा सम्पन्न चौथो राइजिङ स्टार कप फुटबल…

56 years ago