गोरखा उद्योग बाणिज्य संघ ४९ औं स्थापना दिवसको अवसरमा विभिन्न संघ संस्थालाई आर्थिक सहयोग

आर्थिक सामाजिक

गोरखा उद्योग बाणिज्य संघ गोरखाले ४९ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा पुर्व अध्यक्ष विश्व देव श्रेष्ठको हातबाट केक काटि बर्तमान अध्यक्ष कृष्ण कुमार श्रेष्ठलाई खुवाई कार्यक्रमको सुरुवात गरिएको थियो ।

आधारिक रुपमा वि.सं. २०३० सालमा स्थापना भएता पनि गोरखा उद्योग बाणिज्य संघ वि।सं। २०२७ साल देखि नै गोरखामा व्यवसाय गर्ने व्यवसायीहरुको हक हीतको लागि काम गर्दै आएको संघका बर्तमान अध्यक्ष कृष्ण कुमार श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले १४ बर्ष नेतृत्व गर्दै गोरखामा व्यवसाय गर्ने व्यवसायिहरुको हितका लागि ११० सदस्यबाट सुरुवात गरि हाल २३९७ सदस्य रहेको गोरखा उद्योग बाणिज्य संघलाई बर्तमान अवस्था सम्म पुर्याउन अहम भुमिका खेलका संस्थापक अध्यक्ष स्व। चुणा नारायण कीसन श्रेष्ठलाई धन्यबाद दिदै उहाँको योगदान गोरखा व्यवसायिहरुले भुल्न नहुने बताउनु भयो ।

विभिन्न सामाजिक कार्य तथा सीप मुलक शिक्षा दिदै आएको गोरखा उद्योग बाणिज्य संघ गोरखाले स्थापना दिवसका अवसरमा बौद्धिक गुरुकुलको अक्षय कोषमा रहने गरि २५ हजार, नेपाल पत्रकार महासंघ गोरखाको भवन निर्माणका लागि तीस हजार तथा पुस्कर तीर्थ आरतीको अक्षयकोषमा रहने गरि दश हजार सहयोग गरिएको थियो ।

संघले ४९ औं स्थापना दिवसको अवसरमा पुर्व अध्यक्षहरु विश्व देव श्रेष्ठ, श्रवण कुमार श्रेष्ठ तथा जीवन ज्योति श्रेष्ठले स्थापना दिवसको शुभकामना दिदै भविष्यमा आउने व्यवसायिक चुनौतिहरु लाई मध्य नजर गरेर काम गर्दै जानुपर्ने सल्लाह दिनुभएको थियो ।

साथै कार्यक्रममा गोरखा उद्योगा बाणिज्य संघ गोरखाका कार्य समिति, पुर्व अध्यक्षहरु, बौद्धिक गुरुकुलका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *