अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबारबाट प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता आयोजना गर्दैछ ।
सिंगल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा आयोजक नेपालसँगै भुटान र लाओसको सहभागिता हुँदैछ । प्रतियोगिताका भुटान र लाओसको टिम समेत नेपाल आइसकेको छ ।
तर, एन्फाले फागुन १७ मा नियुक्त गरेको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसीले श्रम स्वीकृति अझै पाउन सकेको छैन ।
एन्फाका वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्काले भने राष्ट्रिय खेलकुद परिषद्बाट श्रम स्वीकृतिका लागि प्रकृया पूरा भएको तथा एक वा दुई दिनमा मुख्य प्रशिक्षकको श्रम स्वीकृतिको काम टुंगिने बताए ।
खड्काले भने श्रम स्वीकृति नआएको खण्डमा पनि भिन्सेन्जो मुख्य प्रशिक्षककै भूमिकामा प्रतियोगितामा रहने उल्लेख गरे ।
यता मुख्य प्रशिक्षकले भने अहिलेसम्म बन्द प्रशिक्षणमा रहेका खेलाडी तथा अन्तिम टोलीमा रहने खेलाडीको नाम सार्वजनिक गरेका छैनन् ।
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…