गोरखामा सर्वाधिक राशीको फुटबल प्रतियोगिता भएको नवौं गोर्खाली रनिङ कप फागुन ७ गतेबाट हुने

खेलकुद

गोरखा । गोरखामा नवौं गोर्खाली रनिङ कप सर्वाधिक राशीको फुटबल प्रतियोगिता हुने भएको छ। आयोजक हरमटारी क्लब गोरखाले आउँदो फागुन ७ गतेबाट १४ गतेसम्म ‘गोर्खाली रनिङ कप गोर्खालीको शान, समग्र जिल्लाकै खेलकुद बिकास गराउने हरमटारी क्लवको अभियान’ भन्ने मुल नाराका साथ गोर्खाली रनिङकप आयोजना गर्ने घोषणा गरेको हो।


गोर्खाली रनिङ कपको बिजेता टिमले ४ लाखरुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ भने उप बिजेताले दुई लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका महासचिव किरण ढकालले बताए ।

गोरखा सदरमुकामको हरमटारी खेलकुद मैदानमा हुन लागेको प्रतियोगितामा स्थानीय र राष्ट्रिय स्तरका क्लवहरु गरी १६ टिमको सहभागिता रहने आयोजको प्रक्षेपण छ।

प्रतियोगिता अवधिभर खेलमा अनुशासित टिमलाई ३५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उच्च गोलकर्तालाई १५ हजार, सर्वोत्कृष्ट गोलरक्षकलाई १५ हजार र उदयमान खेलाडीलाई रु १० हजार नगद पुरस्कार दिने आयोजकले जनाएको छ।

नवौं गोर्खाली रनिङ कप सम्पन्न गर्नका लागि करिब २७ लाख ६० हजार खर्च हुने महासचिव श्रेष्ठले बताए। टिम दर्ता शुल्क भने १५ हजार तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *