खेलकुद

फुटबल खेलाडी उत्पादन तथा प्रोत्साहनका लागि गोनपा १० मा वडा स्तरिय फुटबल प्रतियोगिता हुँदै

२८ चैत २०७९ । गाउँ घर टोलका युवाहरु खेलकुद प्रति कम आस्था राखि पैसा कमाउन भनि विदेशिने संख्या बढ्दो रुपमा रहेको बेला गोरखा नगरपालिका वडा १० मा खेलकुद प्रति आस्था जोगाउन वडा स्तरिय खेलकुद आयोजना गरिएको छ ।

एन्फा गोरखाको सदस्य समेत रहेका गोरखा नगरपालिका वडा १० का अध्यक्ष प्रदिप कुँवरका अनुसार खेलकुद प्रति युवाहरुको आस्था, खेलकुद प्रति लगावलाई जोगाई राख्न तथा युवाहरुलाई शाररिक तथा मानसिक रुपमा तन्दुरुस राखि राख्न उक्त प्रतियोगिता राखिएको जानकारी दिनु भयो ।

उक्त फुटबल प्रतियोगिता गोनपा १० को आ.व ०७९/८० को वडा स्तरिय कार्यक्रम अन्तर्गत युवा तथा खेलकुद कार्यक्रम विनियोजन तीन लाख रकम बाट गोनपा १० मा रहेका टोल विकास संस्थामा आबद्ध फुटबल खेलाडीहरु बीच मिति २०८० बैशाख ४ गते बाट खेलाउन लागिएको गोनपा १० का वडा कार्यालयले जनाएको छ ।

अनुमानित ७ टिमको सहभागिता हुने प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजारको साथमा ट्रफि, मेडल र प्रमाण पत्र पाउने छ । दोस्रो हुने टिमले नगद १५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउने आयोजक क्लबले जनाएको छ । उत्कृष्ट खेलाडीलाई ३ हजार तथा उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगद २/२ हजारको साथमा ट्रफि, मेडल र प्रमाण पत्र पुरस्कारको व्यवस्था गरिएको कार्यालयले जानकारी दिइएको छ ।

साथै उक्त प्रतियोगितामा सहभागि हुनका लागि सम्बन्धित वडाको स्थानिय हुनुपर्ने छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा चोरीका घटना बढ्दै, एकै दिन पाँच घरमा चोरी

गोरखा । जिल्लामा सुरक्षा व्यवस्थापन र निगरानी कमजोर बन्दै जाँदा चोरीका घटना बढ्न थालेका छन्…

57 years ago

बझाङमा अटो दुर्घटना : एकै परिवारका चार जनाको मृत्यु, गाउँ शोकमा

२०८३ कात्तिक ३० गते । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो रिक्सा दुर्घटना हुँदा एकै परिवारका…

57 years ago

मुगुमा हाईलक्स जिप ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु, दुई घाइते

२०८३ कात्तिक २९ गते । मुगुमा हाईलक्स जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ…

57 years ago

गोरखाको फिलिमबाट दुई महिलासहित नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

गोरखा । २०८३।०७।२२ गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिमबाट दुई महिलासहित एक नवजात शिशुको नेपाली सेनाको हेलिकप्टरमार्फत…

57 years ago

गोरखाको साम्दोमा सुक्खा पहिरो खस्दा दिन्द्रुक खोलामा २०० मिटर लामो ताल

गोरखा। गोरखाको चुमनुब्री गाउँपालिका–१ साम्दोस्थित दिन्द्रुक खोलामा सुक्खा पहिरो खस्दा करिब २०० मिटर लामो ताल…

57 years ago

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago