फुटबल खेलाडी उत्पादन तथा प्रोत्साहनका लागि गोनपा १० मा वडा स्तरिय फुटबल प्रतियोगिता हुँदै

खेलकुद सामाजिक

२८ चैत २०७९ । गाउँ घर टोलका युवाहरु खेलकुद प्रति कम आस्था राखि पैसा कमाउन भनि विदेशिने संख्या बढ्दो रुपमा रहेको बेला गोरखा नगरपालिका वडा १० मा खेलकुद प्रति आस्था जोगाउन वडा स्तरिय खेलकुद आयोजना गरिएको छ ।

एन्फा गोरखाको सदस्य समेत रहेका गोरखा नगरपालिका वडा १० का अध्यक्ष प्रदिप कुँवरका अनुसार खेलकुद प्रति युवाहरुको आस्था, खेलकुद प्रति लगावलाई जोगाई राख्न तथा युवाहरुलाई शाररिक तथा मानसिक रुपमा तन्दुरुस राखि राख्न उक्त प्रतियोगिता राखिएको जानकारी दिनु भयो ।

उक्त फुटबल प्रतियोगिता गोनपा १० को आ.व ०७९/८० को वडा स्तरिय कार्यक्रम अन्तर्गत युवा तथा खेलकुद कार्यक्रम विनियोजन तीन लाख रकम बाट गोनपा १० मा रहेका टोल विकास संस्थामा आबद्ध फुटबल खेलाडीहरु बीच मिति २०८० बैशाख ४ गते बाट खेलाउन लागिएको गोनपा १० का वडा कार्यालयले जनाएको छ ।

अनुमानित ७ टिमको सहभागिता हुने प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजारको साथमा ट्रफि, मेडल र प्रमाण पत्र पाउने छ । दोस्रो हुने टिमले नगद १५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउने आयोजक क्लबले जनाएको छ । उत्कृष्ट खेलाडीलाई ३ हजार तथा उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगद २/२ हजारको साथमा ट्रफि, मेडल र प्रमाण पत्र पुरस्कारको व्यवस्था गरिएको कार्यालयले जानकारी दिइएको छ ।

साथै उक्त प्रतियोगितामा सहभागि हुनका लागि सम्बन्धित वडाको स्थानिय हुनुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *