२५ वैशाख २०८०
गोरखा स्थित चुमनुब्री गा.पा. वडा नं.४ नामरुङ बस्ने ५९ बर्षका छिरिङ धुनडुपले सोही स्थानमा बस्ने दोर्जे घ्याल्जेनलाई मिति २०८०।०१।१७ गते बिहान करिब ५:०० बजेको समयमा धारिलो हतियार चक्कु प्रहार गरी मारेको स्थानीयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार घ्याल्जेन आफ्नै घर कोठामा मृत अवस्थामा फेला परेको र घाँटीको अगाडिको भागमा धारिलो हतियारले प्रहार गरेको जस्तो चोट देखिएको भन्दै स्थानीयबासीको खबरबाट जिल्ला प्रहरी कार्यालय गोरखा तथा ईलाका प्रहरी कार्यालय आरुघाट गोरखाबाट प्रहरी निरीक्षक रामजी देवकोटाको कमाण्डमा टोली घटनास्थलमा खटीएको जनाएको छ ।
साथै हत्याको थप अनुसन्धान गर्दै जाँदा छिरिङ धुनडुपले धारिलो हतियार चक्कुले दोर्जे घ्याल्जेनको घाँटीको अगाडिको भागमा प्रहार गरी मारेको खुल्न आए पस्चात छिरिङ धुनडुपलाई भौगोलिक विकटताको बावजुद पनि जिल्ला गोरखा चुमनुब्री गा.पा. वडा नं.४ नामरुङ बाट मिति २०८०।०१।२३ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
हाल धुनडुपलाई कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी हिरासतमा राखी अनुसन्धान गर्न गोरखा जिल्ला अदालत गोरखाबाट म्याद अनुमती लिई उक्त घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय गोरखाबाट थप अनुसन्धान कार्य भई रहेको कार्यालयले जानकारी दिएको हो ।
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…