Categories: समाचार

आगलागीबाट क्षति पुगेको बुंकोट स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण

गोरखा । शहिद लखन गाउँपालिका वडा नं. ७ बुंकोटमा रहेको बुंकोट स्वस्थ्य चौकिलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । नेपाल सरकार स्वस्थ्य मन्त्रालय, स्वस्थ्य विभागबाट प्राप्त स्वस्थ्य सामाग्री बुङकोट स्वास्थ्य चौकीलाई विहिबार हस्तान्तरण गरिएको हो ।


गोरखा क्षेत्र नं १ का प्रतिनिधि सभाका सदस्य राजेन्द्र बजगाईको विशेष पहलमा प्राप्त भएको स्वास्थ्य सामग्री स्वास्थ्य चौकी प्रमुखलाई हस्तान्तरण गरिएको हो ।

चौकीलाई प्राप्त भएका स्वास्थ्य सामग्रीहरुमा ५ पिस अक्सिजन कन्सन्टेटर, एक हजार पिस प्यारासिटामोल, आठ हजार पिस सर्जिकल मास्क, १५ सय पिस ग्लोब्स लुज, ५ पिस थर्ममिटर, ५ पिस पल्स अक्सिमिटर चेक, दुई हजार पिस एननाइटी फाइब मास्क र एक पिस ब्लट सेल काउन्टर सामग्री प्राप्त भएको वडा अध्यक्ष शरण श्रेष्ठले बताए । त्यस्तै, एक पिस आउन्टीङ चेम्बर, एक पाकेट ब्लट ग्रोपिङ ग्लास प्लेट, दुई पिस टेस्ट टुप स्टान्ड, चार थान ठुलो खाले डस्बिन, दुई थान स्टेचर, दुई थान खानेपानीको लागी–फिल्टर, एक वटा अटोकेलेप(ड्रेसिङको सामाग्री पकाऊने भाडा), पिपिटी चार पिस हस्तान्तरण गरिएको उनले जानकारी दिए ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, सहिद लखन गाउँपालिका प्रमुख रमेश बाबू थापा, उपप्रमुख इन्दिरा तिवारी वडा नं ७ का वडा अध्यक्ष शरण श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला कार्यबाहक सभापती इमानसिंह बस्नेत, जिल्ला सचिव कृष्ण आले,कमला लामिछाने वडाका जनप्रतिनिधि स्थानीयहरुको उपस्थिति रहेको थियो ।

 


स्वास्थ्य चौकीमा गएको जेठ ७ गतेका विद्युत सर्ट भइ आगलागी भएको थियो । आगलागीबाट स्वास्थ्य चौकी भवनका दोस्रो तल्लाको स्टोर कक्षमा रहेको स्वास्थ्य सामग्री, उपकरण, कागजपत्र लगायतका सबै जलेर पुर्णरुपमा नष्ट भएको थियो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago