बुङकोटमा एसइइ–२०८२ पूर्व तयारी कक्षा सञ्चालनका लागि नवराज अंगाईको सहयोग

समाचार

गोरखा । सहिद लखन गाउँपालिका–७, बुङकोटस्थित शहिद स्मृति माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीहरूका लागि एसइइ–२०८२ पूर्व तयारी कक्षा सञ्चालन र थप तीन महिनासम्मको खाजा–खाना व्यवस्थापनका लागि सहयोग प्रदान गरिएको छ।

उक्त सहयोग सहिद लखन गाउँपालिका–८, बुङकोट निवासी तथा हाल काठमाडौँमा पर्यटन व्यवसायमा संलग्न सफल व्यवसायी र समाजसेवी नवराज अंगाईले उपलब्ध गराएका हुन्। उनले रु. १,७७,२७५ (एक लाख सत्तहत्तर हजार दुई सय पचहत्तर) बराबरको खाद्यान्न सामग्री विद्यालयलाई हस्तान्तरण गरेका छन्।

सामग्री हस्तान्तरण कार्यक्रम वडा कार्यालयको विशेष समन्वयमा सम्पन्न गरिएको हो, जसमा वडा नम्बर ७ का वडा अध्यक्ष शरण श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर बिक, शिक्षक अभिभावक संघका अध्यक्ष बाबु श्रेष्ठ, प्रधानाध्यापक रोहोणी प्रसाद खनाल, (कार्यक्रम सञ्चालक) शिक्षक अनुप श्रेष्ठ, साथै शिक्षक–शिक्षिका, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सहिद लखन गाउँपालिका वडा नं. ७ कार्यालयले नवराज अंगाई र उनको परिवारप्रति हार्दिक आभार र उच्च सम्मान व्यक्त गर्दै, अंगाईको सहयोगले विद्यार्थीहरूमा अध्ययनप्रतिको उत्साह, प्रेरणा र आत्मविश्वास अभिवृद्धि भएको जनाएको छ।

वडा कार्यालयका अनुसार शिक्षा र समाजसेवाप्रतिको यस्तो उदार योगदानले गाउँको शैक्षिक स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *