Categories: समाचार

गोरखामा सात दिने उद्यमशिलता विकास सम्बन्धि तालिम सुरु

गोरखा । गोरखाका दुई नगरपालिका गोरखा नगरपालिका तथा पालुङ्गटार नगरपालिकाका इच्छुक ३० जना भन्दा बढी सहभागिहरुलाई सात दीने उद्यमशिलता विकास तालिम सुरु भएको छ । लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, त्रिपुरेश्वर काठमाडौ र गोरखा उद्योग वाणिज्य संघ, गोरखाको सयुक्त आयोजनामा २३ गतेबाट सुरु भएको तालिम २९ गते सकिनेछ ।

मंगलबार २३ गते बाट उद्घाटन भएको उद्यमशिलता विकास तालिममा सात दिनमा २१ वटा सेसन गरि तालिम दिईने उद्योग बाणिज्य संघ गोरखाका अध्यक्ष कृष्ण श्रेष्ठले बताए । बाहिर बाट आउने तथा यहाँका प्रशिक्षक गरी कम्तीमा १० जनाले प्रशिक्षण दिईने तालिममा उद्यमशिलताका परिचय, व्यवसायको छनोट, व्यवसायको योजना, उत्पादन प्रक्रिया, बजारीकरण, सरकारी नीति तथा कार्यन्वयनको व्यवस्था, लेखा, कर आदी विषयहरुमा तालिम दिईने अध्यक्ष श्रेष्ठले बताए । साथै सहभागिहरुलाई उक्त प्रशिक्षण दैनिक ५ घण्टाको दरले दिइने बताए ।

कार्यक्रममा लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्दका सिनियर डिभिजन इन्जिनियर अमित आचार्यले बेरोजगार युवाहरु तथा उद्यमी बन्न चाहानेहरुका लागि तालिम दिन लागेको बताए । अहिले मानिसहरु बढी श्रम बजारमा आबद्ध रहेको बताउदै उद्यमशीलता जोड दिनका लागि तालिम संचालन गरिएको बताए ।

कार्यक्रम उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य जीवनज्योति श्रेष्ठले उद्यमशीलता तालिम प्राप्त गरेपछि परिणाम आउने गरी काम गर्नुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसालले उद्यमशीलता तालिमले पर्याप्त सीप हस्तान्तरण गर्दैन सीप गर्नका लागि तयारी अबस्थामा पुर्याउने बताए । उनले स्थानीय स्रोत साधन परिचालन गर्न मिल्ने खालका तामिल आवश्यक रहेको बताउदै केही साना व्यवसायहरुको उदाहरण दीदै तालिममा उपस्थित सहभागिहरुलाई हौसाला समेत दिएका थिए । साथै यस्ता तालिमहरुले महिला हिंसा, आत्महत्या, बलात्कार जस्ता गैरकानुनी क्रियाकलापलाई समेत कम गर्ने बताए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष भगवान मास्केले उद्घाटन कार्यक्रमलाई समापन भएको बताउदै केहि व्यवसायी गरिरहेकाहरुलाई यो तालिमले थप सहयोग पुग्ने बताए ।

संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठको अध्यक्षता तथा प्रमख जिल्ला अधिकारी दिनेश सागर भुसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उवासंघका केन्द्रिय सदस्य जीवनज्योति श्रेष्ठ, रिपुमर्दन गणका गणपति हेमराज विष्ट, एसपी अनुपम श्रेष्ठ, सशस्त्र प्रहरी बलका गोरखा प्रमुख सुजित विष्ट, पर्यटन तथा उद्योग कार्यालय गोरखाका प्रमुख सुर्य भुजेल लगायतका उपस्थितिमा कार्यक्रम भएको हो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago