आर्थिक

तरकारीमा भ्याट लाग्दा असर भान्सासम्म

सरकारले स्वदेशी वस्तु प्रवर्द्धन गर्न भन्दै केही दैनिक उपभोग्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेको छ। दैनिक उपभोग्य वस्तुमा भ्याट लगाएसँगै प्याज र आलु लगायतका तरकारीको मूल्य वृद्धि भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसअघि दिइएको छुट खारेज गरेर सरकारले बजेटमार्फत १७० वस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेका थिए। यसअघि तरकारी तथा फलफूलसहित १७० वस्तुको आयातमा सरकारले मूल्य अभिवृद्धि कर छुट दिँदै आएको थियो ।

यी वस्तुमा कम्तीमा १३ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो। सोहीअनुसार बजेट भाषणको एक दिन अघि र पछिसम्म थोक बजारमा प्रतिकिलो औसत ३५ रुपैयाँमा बिक्री भइरहेको प्याज महँगिएर ५१ रुपैयाँ किलो पुगेको छ।

खुद्रा बजारमा भने बजेट भाषणसम्मको दिनसम्म ४५ देखि ५० रुपैयाँ प्रतिकिलोसम्म बिक्री भएको प्याज अहिले उपभोक्ताले प्रतिकिलो ६० रुपैयाँ किलो तिरेर खरिद गरिरहेका छन्।

सरकारको घोषणा अनुसार अब प्याज, आलु, लसुन, केराउ, फ्रोजन सागपात, कोसे तरकारी, केराउ (छोडाएको वा नछोडाएको), बोडी (सिमी), पालुङ्गो, न्युजिल्यान्ड पालुङ्गोसमेत, गुलियो वा स्वादिलो मकै, अन्य सागपात र मिश्रित सागपात, एभोकाडो, स्याउ, श्रीफल (क्विन्स), खुर्पानी (एप्रिकोट), अमिलो चेरी, अन्य स्ट्रबेरी, रेस्पबेरी र क्रेनबेरी, बिलबेरी, किवी फ्रुट, हलुवाबेदलगायतका फलफूलमा मूल्य अभिवृद्धि कर लागेको छ । कपास, ऊन, फ्रोजन खसीबोका, भेडा, चौपाया, कुखुरा, टर्की र हाँसको मासुमा पनि कर लगाइएको छ ।

यो मूल्यवृद्धि जायज नभएको उपभोक्ताको गुनासो छ। व्यापारीहरूले सरकारको घोषणाको मौकामा मनपरी मूल्य बढाएको उनीहरुको शंका छ।

‘एक दिन अगाडि ४५ रुपैयाँ प्रतिकिलो तिरेर लागेको प्याज, दुई दिनपछि एक किलोमा नै १५ रुपैयाँ बढेर ६० रुपैयाँ तिर्न पर्‍यो,’ एक गृहिणीले भनिन्, ‘यस्तो महँगी बढेको बेला सरकारले खाने वस्तुमा भ्याट लगाउनु ठीक होइन।’

९० प्रतिशत भन्दा बढी प्याज आयातित हुने भएकाले भ्याटको असर उपभोक्तालाई पर्नेछ। बजेट भाषणको अन्योल बीच भारतबाट आउने सामान दुई दिन जति आएको थिएन ।

अर्थ मन्त्रालय अन्तर्गतको राजस्व महाशाखाका अनुसार सरकारले उक्त वस्तुमा भ्याट लगाउने घोषणा भए पनि सबै वस्तुको न्यूनतम सीमा निर्धारण गरेको छ । सरकारले ५० लाख रुपियाँभन्दा बढीको आयातमा मूल्य अभिवृद्धि कर लगाएको हो, उक्त सीमाभन्दा कम आयात गर्नेलाई सो कर तिर्नु नपर्ने सो महाशाखाले जनाएको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

बैतडीमा धनगढीबाट जाँदै गरेको बस दुर्घटना, १६ जना घाइते

धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुबाहक बस शुक्रबार अपराह्न बैतडीमा दुर्घटना भएको छ। सुपप्र ०१–००१ ख…

57 years ago

गोरखामा अध्ययन सुरु भएको पुरातात्विक भग्नावशेष मल्लकालीन महादेव मन्दिर भएको पुष्टि

गोरखा, असार १९ ।  गोरखा नगरपालिका–१० छेपेटारस्थित महादेवटारी क्षेत्रमा गत वर्ष फेला परेको पुरातात्विक भग्नावशेष…

57 years ago

गोरखामा कालो सिसा हटाउने अभियान : २४ सवारीसाधनबाट कालो सिसा र स्टिकर हटाइयो

गोरखा प्रहरीले सवारीसाधनमा जडान गरिएको कालो सिसा र कालो स्टिकर हटाउने अभियान सञ्चालन गर्दै २४…

57 years ago

असई थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधिसभाका पूर्वसांसद लक्ष्मी महतो…

57 years ago

दैलेख दुर्घटना : एक जनाको शव फेला, उद्धार तथा खोजी जारी

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङ्गेतडा नजिक सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कप्र ०२–००१ ख…

57 years ago

लुम्बिनीसम्म फैलियो मनसुन, आज काठमाडौंसहित विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं, असार ८ । असार ५ गते कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन आजदेखि लुम्बिनी…

57 years ago