खेलकुद

गण्डकी प्रदेशको फुटबल संघको अध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन

गण्डकी प्रदेशको फुटबल संघको अध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन भएका छन् । शनिबार गोरखा सदरमुकाममा आयोजित संघको दोस्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

अधिवेशनबाट संघको उपाध्यक्षमा मिलन गुरुङ, तारा बहादुर गुरुङ, जय राजभण्डारी चयन भएका छन् । समितिको सदस्यहरुमा थमबहादुर गुरुङ, भिजन श्रेष्ठ, कुसुमराज बराल, शोभाकुमारी आले, अमृत भण्डारी, सन्दिप पन्थी, निपेद्र श्रेष्ठ, इन्द्र सुब्बा राना, विकास थापा, अमर गुरुङ र खुम बहादुर थापा चयन भएका छन् ।

नयाँ कार्य समितिको पहिलो वैठकले गण्डकी प्रदेश फुटबल संघको वरिष्ठ उपाध्यक्षमा मिलन गुरुङ, मानार्थ उपाध्यक्षमा जगतबहादुर थापा, महासचिवमा विनोद गुरुङ, कोषाध्यक्षमा डिलकुमारी घिमिरे, सहायक महासचिवमा सुमन गुरुङ, लक्षमण कार्की, प्रकाश रेग्मी र सहकोषाध्यक्षमा दिनेश केसीलाई मनोनित गरेको जनाएको छ ।

संघका पूर्व अध्यक्ष लोकेन्द्र गुरुङको अध्यक्षता गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अखिल नेपाल फुटबल संघ वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य ऋषिराम गौतम, अखिल नेपाल फुटबल संघका पूर्व महासचिव इन्द्रमान तुलाधर लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

बैतडीमा धनगढीबाट जाँदै गरेको बस दुर्घटना, १६ जना घाइते

धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुबाहक बस शुक्रबार अपराह्न बैतडीमा दुर्घटना भएको छ। सुपप्र ०१–००१ ख…

57 years ago

गोरखामा अध्ययन सुरु भएको पुरातात्विक भग्नावशेष मल्लकालीन महादेव मन्दिर भएको पुष्टि

गोरखा, असार १९ ।  गोरखा नगरपालिका–१० छेपेटारस्थित महादेवटारी क्षेत्रमा गत वर्ष फेला परेको पुरातात्विक भग्नावशेष…

57 years ago

गोरखामा कालो सिसा हटाउने अभियान : २४ सवारीसाधनबाट कालो सिसा र स्टिकर हटाइयो

गोरखा प्रहरीले सवारीसाधनमा जडान गरिएको कालो सिसा र कालो स्टिकर हटाउने अभियान सञ्चालन गर्दै २४…

57 years ago

असई थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधिसभाका पूर्वसांसद लक्ष्मी महतो…

57 years ago

दैलेख दुर्घटना : एक जनाको शव फेला, उद्धार तथा खोजी जारी

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङ्गेतडा नजिक सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कप्र ०२–००१ ख…

57 years ago

लुम्बिनीसम्म फैलियो मनसुन, आज काठमाडौंसहित विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं, असार ८ । असार ५ गते कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन आजदेखि लुम्बिनी…

57 years ago