विराटनगर । कोशी अस्पतालले ज्येष्ठ नागरिक (७० वर्षमाथि), असक्त,गर्भवतीका लागि टिकट र औषधिको छुट्टै काउण्टर सञ्चालनमा ल्याएको छ ।
बुधबार काउण्डरको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो ।
छुट्टै काउण्टर सञ्चालनमा आएसँगै ज्येष्ठ नागरिक, असक्त र गर्भवतीलाई टिकट काट्न र औषधि लिन सहज भएको छ । सो अवसरमा मेयर कोइरालाले तीन तहको सरकारमा जो जुन भूमिकामा भए पनि सबैले जनताले सहज रुपमा सेवा पाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
अस्पतालले सुरु गरेको काउण्टरबाट ज्येष्ठ नागरिक, असक्त र गर्भवतीले सहज रुपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।
काउण्टर सञ्चालनमा आएपछि उहाँले पहिलो टिकट सुनसरीको इनरुवाका विर्खबहादुर सुवेदीलाई हस्तान्तरण गर्नुभएको थियो ।
मेयर कोइरालाले अस्पतालले सञ्चालनमा ल्याउन लागेको एनआइसियू कक्ष र आकस्मिक कक्षको निरीक्षण गर्नु भएको थियो । सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराई, सदस्य मुकेश बुढाथोकी, निमित्त मेसु रविराज सिंहलगायतको समेत उपस्थिति रहेको थियो ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…