काठमाडौं । प्रतिबन्धित अनलाइन बेटिङ प्लेटफर्म ‘वान एक्स बेट’को प्रचारप्रसार गरेको आरोपमा पवन खतिवडा (म्याकुरी) र वेगम नेपाली (भटभटे माइला) पक्राउ परेका छन् । अनलाईन जुवा खेल्ने र खेल्न प्रोत्साहित गर्ने गरी विज्ञापन गरेको आरोपमा उनीहरुलाई बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
म्याकुरी र भटभटे माइलासँगै प्रहरीले ‘बल्छी ध्रुवे’ भनेर चिनिने मरिचमान श्रेष्ठ र ‘राजु मास्टर’ भनेर चिनिने राजु पौडेललाई पनि पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई अदालतबाट म्याद थप गरी सार्वजनिक गर्ने तयारी गरिएको छ ।
उनीहरुविरुद्ध युट्युबमार्फत ‘वान एक्स बेट’को विज्ञापन गरेको आरोप लागेको छ । युट्युबमा पनि उनीहरुले प्रोमो कोड प्रयोग गरी छुट पाउन सकिन्छ भन्दै विज्ञापन गरेको देखिन्छ । बुधबार मात्रै प्रहरीले ‘वान एक्स बेट’मार्फत सट्टेबाजी गर्ने पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरिएको थियो । उनीहरुले ६३ वटा विभिन्न खाता खोलेर ६४ करोडको कारोबार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…