काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को डेरामा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई पक्राउ गरी चोरीका केही सामान बरामद गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं–१६ बालाजुका ४२ वर्षीय विष्णुबहादुर राजवाहक, सिन्धुपाल्चोक लिसंखुपाखर–६ का ४६ वर्षीय खिमबहादुर खड्का र डोटी दिपायल सिलगडी नगरपालिका–६ का ४५ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन् ।
उनीहरूले चप्पल कारखानास्थित सितादेवी गुरुङको घरमा रहेको बालेन शाहको डेरा कोठामा चोरी गरेका थिए । मुख्य अभियुक्त मानिएका राजवाहक यसअघि पनि चोरीसम्बन्धी मुद्दामा जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।


