आर्थिक

गोरखा नगरपालिकाले ल्यायो अनुमानित १ अर्ब ३२ लाख ६५ हजारको बजेट

विराज त्रिपाठी

१० असार, गोरखा । गोरखा जिल्लाको सदरमुकाम गोरखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अनुमानित १ अर्ब ३२ लाख ६५ हजारको बजेट ल्याएको छ ।

१२ औँ नगर सभामार्फत आइतबार नगर उपप्रमुख मसली माया थोक्कर पुनले बजेट प्रस्तुत गर्दै चालू आर्थिक वर्षको भन्दा ७६ लाख ७१ ह्जार ३९ रुपैयाँ कमको बजेट पेश गरेका हुन् । गोरखा नगरपालिकाले चालु आर्थिक वर्षमा १ अर्ब १ करोड ९ लाख ३६ हजार ३९ रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

बजेटको स्रोतमा संघीय सरकारको सशर्त अनुदानबाट चालु तर्फ ३ करोड ४३ लाख, सशर्त अनुदानबाट पुँजीगत तर्फ २ करोड ३६ लाख, वित्तीय सामानीकरण अनुदानबाट २१ करोड २२ लाख, संघीय विशेष अनुदानबाट १ करोड, संघीय समपुरक अनुदानबाट ३ करोड २४ लाख ५८ हजार, संघीय राजस्व बाँडफाँडबाट १२ करोड १२ लाख ६८ हजार, प्रदेश सरकारको वित्तीय सामानीकरण अनुदान ३ करोड २४ लाख ५८ हजार, समपुरक अनुदान १ करोड, रुपैयाँ, प्रदेश राजस्व बाँडफाँडबाट १ करोड ७३ लाख ३९ हजार, राजस्व बाँडफाँडबाट विद्युत रोइलटीबाट १ करोड विनियोजन भएको छ ।

त्यस्तै नगरपालिकाको आन्तरिक आय ५ करोड ७६ लाख, घर जग्गा रजिष्ट्रेसन ९० लाख, जनसहभागिता १ करोड, क्रमागत योजना ७ करोड, सडक वोर्ड नेपाल ७५ लाख, नगर विकास कोष ४ करोड पनि बजेटको स्रोतको रुपमा रहेको छ ।

सबै गरेर आगामि आर्थिक वर्षको अनुमानित बजेट एक अर्ब ३२ लाख ६५ हजार हुने अनुमान गरिएको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान भर्न फ्लाई दुबई इच्छुक, ६ घण्टा लामो प्राविधिक निरीक्षण

पोखरा, २० जेठ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने तयारीले नयाँ…

56 years ago

३०० बालबालिकालाई शैक्षिक सामग्री, १४ जनालाई नगद सहयोग

गोरखा। गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा पद्धति विकास सेवा केन्द्र, गोरखाको साझेदारीमा सञ्चालित एकीकृत…

56 years ago

प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्ष उद्घाटन, स्वास्थ्य सामग्री हस्तान्तरण

गोरखा। प्रदेश अस्पताल गोरखा र गोरखा नगरपालिकाको संयुक्त आयोजनामा प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्षको…

56 years ago

प्रेमकुमार खत्रीको पहलमा गोरखामा स्वास्थ्य सेवा विस्तार

गोरखा । गोरखाका दुई स्वास्थ्य संस्थामा आधुनिक स्वास्थ्य परीक्षण सेवा विस्तारका लागि करिब ८० लाख…

56 years ago

चौथो राइजिङ स्टार कपको उपाधि द मन्सटर फेमिलीलाई

गोरखा । गोरखा नगरपालिका–१२ को १० किलोस्थित अढाईगाउँ खेलमैदानमा सम्पन्न चौथो राइजिङ स्टार कप फुटबल…

56 years ago

घाटु नाचले गोरखा गुञ्जायमान, संरक्षणमा चुनौती

गोरखा । गोरखाका मगर र गुरुङ समुदायमा प्रचलित ऐतिहासिक घाटु नाच यतिबेला गाउँबस्तीमा पुनः जीवन्त…

56 years ago