गोरखा नगरपालिकाले ल्यायो अनुमानित १ अर्ब ३२ लाख ६५ हजारको बजेट

आर्थिक

विराज त्रिपाठी

१० असार, गोरखा । गोरखा जिल्लाको सदरमुकाम गोरखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अनुमानित १ अर्ब ३२ लाख ६५ हजारको बजेट ल्याएको छ ।

१२ औँ नगर सभामार्फत आइतबार नगर उपप्रमुख मसली माया थोक्कर पुनले बजेट प्रस्तुत गर्दै चालू आर्थिक वर्षको भन्दा ७६ लाख ७१ ह्जार ३९ रुपैयाँ कमको बजेट पेश गरेका हुन् । गोरखा नगरपालिकाले चालु आर्थिक वर्षमा १ अर्ब १ करोड ९ लाख ३६ हजार ३९ रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

बजेटको स्रोतमा संघीय सरकारको सशर्त अनुदानबाट चालु तर्फ ३ करोड ४३ लाख, सशर्त अनुदानबाट पुँजीगत तर्फ २ करोड ३६ लाख, वित्तीय सामानीकरण अनुदानबाट २१ करोड २२ लाख, संघीय विशेष अनुदानबाट १ करोड, संघीय समपुरक अनुदानबाट ३ करोड २४ लाख ५८ हजार, संघीय राजस्व बाँडफाँडबाट १२ करोड १२ लाख ६८ हजार, प्रदेश सरकारको वित्तीय सामानीकरण अनुदान ३ करोड २४ लाख ५८ हजार, समपुरक अनुदान १ करोड, रुपैयाँ, प्रदेश राजस्व बाँडफाँडबाट १ करोड ७३ लाख ३९ हजार, राजस्व बाँडफाँडबाट विद्युत रोइलटीबाट १ करोड विनियोजन भएको छ ।

त्यस्तै नगरपालिकाको आन्तरिक आय ५ करोड ७६ लाख, घर जग्गा रजिष्ट्रेसन ९० लाख, जनसहभागिता १ करोड, क्रमागत योजना ७ करोड, सडक वोर्ड नेपाल ७५ लाख, नगर विकास कोष ४ करोड पनि बजेटको स्रोतको रुपमा रहेको छ ।

सबै गरेर आगामि आर्थिक वर्षको अनुमानित बजेट एक अर्ब ३२ लाख ६५ हजार हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *