Categories: समाचार

गोरखामा हीरा जस्तो देखिने ५४ किलो क्वार्ज क्रिष्टल अवैध रुपमा किनबेच हुन लाग्दा प्रहरीको फन्दामा

१५ असार २०८०, शुक्रवार । गोरखा सदरमुकाम स्थित गोरखा नगरपालिका–७ सतिपिपलमा रहेको एक घरबाट प्रहरीले ५४ किलो गरगहना बनाउन प्रयोग हुने क्वार्ज क्रिष्टल बरामद गरेको छ । उक्त धातु अवैध रुपमा किनबेच हुन लागेको सूचना पाएपछि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बिहिबार बिहान प्रहरी निरीक्षक रवीन्द्र अधिकारी नेतृत्वको टोली सो घरमा पुगेर उक्त ढुंगा बरामद गरेको हो । ‘त्यस घरमा लाखौं मूल्य पर्ने क्वार्ज क्रिस्टल किनबेचको चर्चा चलिरहेको र पश्चिम नेपालतिरबाट मान्छेहरु हेर्न आउने जाने गरेको एक–डेढ महिनादेखि सूचना रहेको एसपी अनुपम श्रेष्ठले बताएका छन् ।

बिहिबार पनि उनीहरु आएर महँगो मूल्यमा खरिद गरेर लैजान लागेको भन्ने सूचना पस्चात बरामद गरेको प्रहरीले जनाएको छ । ‘भिडियोकल गरेर विज्ञलाई देखाउँदा ढुंगा पारदर्शी र लाइट बाल्दा प्रकाश वारपार हुँदा प्रारम्भिक अनुसन्धानबाट उक्त ढुंगा क्वार्ज क्रिष्टल भन्ने खुल्न आएको र आधिकारिक रुपमा विज्ञद्वारा परीक्षण गर्न पुरातत्व विभाग पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी श्रेष्ठले बताए ।

साथै एसपी श्रेष्ठले परीक्षणको नजिता अनुसार थप अनुसन्धान अघि बढाउने र किनबेचको बिषयमा भने आवश्यक अनुसन्धान भइरहेको बताएका छन ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago