स्वास्थ्य

गोरखालाई आज पूर्णखोप दीगोपना सुनिश्चितता जिल्ला घोषणा

गोरखालाई आज पूर्णखोप दीगोपना सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समिती गोरखाको आयोजनामा गोरखा सदरमुकाम स्थित स्वास्थ्य कार्यालयको सभाहलमा एक कार्यक्रम आयोजना गर्दै गोरखालाई पूर्णखोप दीगोपना सुनिश्चितता जिल्ला घोषणा भएको हो ।

जिल्ला समन्वय समिति गोरखाको संयोजक मोहन बहादुर थापाको अध्यक्षता तथा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ११ वटै स्थानीय तहका पालिका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, पालिका, वडामा कार्यरत स्वास्थ्यकर्मी, नेपाल प्रहरी, सन्चारकर्मी, लगायतको सहभागिता रहेको थियो ।

जिल्ला भित्रका सबै बालबालिकाले पुर्णखोप पाएको भेटिएसँगै जिल्ला पुर्णखोप सुनिश्चिता जिल्ला घोषण गरिएको जिल्ला खोप समन्वय समितिको सदस्य सचिव यम प्रसाद शर्माले बताउनुभयो ।

जिल्लाका ९४ वटै वडाहरुमा पूर्णखोप दीगोपना तथा सुनिश्चितता कार्यक्रम सम्पन्न गरेपछि पालिकाहरुलाई घोषणा गरिएको र पालिकाको सकेपछि अहिले जिल्लालाई घोषणा गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गत जेठ २० देखि असार ६ गतेसम्म जिल्लाका सबै पालिकाहरुलाई पूर्ण खोप दीगोपना तथा सुनिश्चितता पालिका घोषणा गर्ने कार्य सम्पन्न भएको हो ।

यस आर्थिक वर्ष २०७९/८० सम्ममा १६ देखि ५९ महिना सम्मका ९ हजार २ सय छैसठ्ठी बालबालिकाहरुले पुर्ण खोप लगाएको पाईयो भने १५ महिना भित्रका ३ हजार ९ सय अठासी बालबालिकाहरुले नियमित रुपमा खोप सेवा लिईरहेको उहाले जानकारी दिनुभयो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago