Categories: समाचार

गोरखाको गण्डकी गाउँपालिकाले आर्थिक अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी

असार २५ । गोरखाको गण्डकी गाउँपालिकाले कर्मचारी नियुक्ती, सामान खरिद, योजना निर्माण लगायतका काममा आर्थिक अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको छ ।

गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीको मिलेमतोमा पदको दुरुपयोग गर्दै आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखरामा उजुरी परेको हो ।

सप्लायर्ससँगको सेटिङमा सामान खरिद गरी आर्थिक घोटला गरेको पालिका अध्यक्ष तिमिल्सिनामाथि आरोप छ । प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित वडाध्यक्ष र कर्मचारीहरुकै मिलेमतोमा आर्थिक घोटला भएको उजुरीमा बताइएको छ । ‘कार्यालयको सामान खरिदमा सप्लायर्ससँग सेटिङ गरी तीन वटा फर्म फरक फरक तर एउटै सेटिङ गरेको सप्लायर्ससँगको मिलेमतोमा सामान खरिद गरी आर्थिक घोटला गरेको,’ उजुरीमा उल्लेख छ ।

बिभिन्न वडाको बाटो सरसफाई शिर्षकमा फर्जि बिल भरपाई गरी ३५ लाख रकम भुक्तानी भएकाले छानविन गर्न माग गरिएको छ । प्रत्येक वडाको सडक मर्मत तथा बोटा सरसफाइमा गाउँपालिकाकै तेल खर्चमा पालिकाकै टिपर र जेसिभि प्रयोग भएको थियो । यसका लागी पालिकाले ३० लाख बजेट छुट्टै विनियोजन गरेको थियो । सोही बजेटबाट सडक मर्मत तथा बाटो सरसफाइ भएपनि वडाले सोही शिर्षकमा फर्जि बिल पेश गरेर रकम भुक्तानी लिएको बताइएको छ । पालिकाकै बजेटमा काम भएपनि बाटो सरसफाइ शिर्षकमा वडा नम्वर १ लाई ४ लाख ५० हजार, वडा नम्वर २ लाई ५ लाख २१ हजार, वडा नम्वर ३ लाई ८ लाख, वडा नम्वर ४ लाई ५ लाख, वडा नम्वर ५ लाई ४ लाख ३२ हजार, वडा नम्वर ७ लाई ५ लाख र वडा नम्वर ८ लाई ३ लाख रकम भुक्तानी भएको बताइएको छ ।

वडाको योजना निर्माणको काममा पालिका अध्यक्ष तिमिल्सिनाद्धारा प्रमुख प्रशासकीय अधिकृतसँगै अन्य कर्मचारी, उपभोक्ता समितिका अध्यक्ष र ठेकेदारसँगको सेटिङमा आर्थिक अनियमितता गरेको भन्दै कारवाही गर्न माग गरिएको छ ।

वडा नम्वर १ को मकैसिङ मूल सडक स्तरोन्नती (५० लाख), वडा नम्वर २ को भञ्ज्याङ कुवापानी देखि पातिस्वाँरा हुदै साधिखोलासम्म नाला निर्माण तथा सडक स्तरोन्नती (५० लाख), वडा नम्वर ५ को छेपेटार रामपुर सानो दर्वुङ लाङ्घालीचोक सडक स्तरोन्नती (५० लाख), वडा नम्वर ६ को पल्लोटार गडैदेखि देविस्थान हुदै कोराक सडक ढलान नाली ग्याविन (५० लाख), भद्रकाली मावि कार्यक्रम स्टेज निर्माण (३० लाख), वडा नम्वर ७ को जलबिरेखोला ज्यामिरेघाट कोदीखोला मोटरबाटो स्तरोन्नती (५० लाख), कुटानी पिसानी मेसिन खरिद (५ लाख), फडौरी कुलो तेर्सोबाट ढलान (१० लाख) र वडा नम्वर ८ को धवादीघाट वडा कार्यालय तेर्से कोटगाउँ बेनीगाउँ सडक स्तरोन्नती (५० लाख) को योजनामा आर्थिक घोटला गरेको आरोप छ ।

२० लाखको मसलन्द तथा कार्यालय सामाग्री खरिद र २५ लाखको फर्निचर तथा फिक्चर्समा पनि अध्यक्षले आर्थिक अनियमितता गरेको उजुरीमा बताइएको छ । नदीजन्य पदार्थको ठेक्का खुला प्रतिस्पर्धा ‘ई बिडिङ’ मार्फत नगरी कमिसन दिने ठेकेदारलाई कार्यालयमा बोलाई कोटेशन मार्फत दिइएको र संघिय सरकारबाट बिशेष अनुदानतर्फ गण्डकी गाउँपालिका मातृदर तथा बाल मृत्युदर घटाउन आधारभूत स्वास्थ्य सेवा कार्यक्रमको ८३ लाख रकमको फर्जि बिल भरपाई राखी भुक्तानी गरेको अध्यक्ष तिमिल्सिनामाथि आरोप छ ।

गरिव निवारणका लागी लघु उद्यम बिकास कार्यक्रम मेड्पा अन्तरगत कर्मचारी पदपूर्तीमा योग्यता नपुगेको व्यक्तिलाई नक्कली कागजात पेश गरी नियुक्त गरिएको भन्दै कारवाही गर्न उजुरी मार्फत माग गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेश तथा गण्डकी गाउँपलिकाको ६०÷४० को लागत साझेदारीमा नवप्रवर्तन कोषमार्फत संचालित दुई करोड बजेटको प्रविधिमैत्री राजश्व सुधार कार्यक्रमबाट खरिद गरिएको कम्प्युटर, ल्यापट, सिसि क्यामेरा तथा अन्य जिन्सी सामग्री न्यून गुणस्तरको रहेकाले छानविन गर्न भनिएको छ । पालिकाको वडा नम्वर ८ को कार्यालय भवन गाउँपालिकाको नाममा नरहेको एैलानी जग्गामा निर्माण गरिरहेकाले आवश्यक छानविन गर्न पनि माग गरिएको छ ।

उजुरीको आधारमा अख्तियारले आवश्यक छानिविन प्रक्रिया शुरु गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले पालिकालाई यही असार ४ गते पत्राचार गर्दै पालिकाको राय प्रतिक्रिया सहित आवश्यक कागजातको प्रमाणित प्रतिलिपि १५ दिनभित्र उपलब्ध गराउन आग्रह गरेको छ । उजुरीमा उल्लेखित निर्माण योजनाको सम्बन्धमा योजनाको स्वीकृत रकम, लगत इष्टिमेट, खरिद प्रक्रिया, सम्झौता, कार्य सम्पन्न प्रतिवेदन, विल भरपाई, गोश्वारा भौचर लगायत भुक्तानीसँग सम्बन्धीत कागजातको प्रमाणित प्रतिलिपि माग गरिएको आयोग पोखराका शाखा अधिकृत खेमराज मरासिनीले बताउनुभयो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago